काठमाण्डौ । नेपाल सरकारले जेठ ८ गते ३७ अर्ब ७३ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने निर्णय गरेको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले २८ दिन, ९१ दिन, १८२ दिन र १ वर्षे अवधिको ट्रेजरी बिल जारी गर्न लागेको हो। उक्त ट्रेजरी बिलको जेठ ७ गते बोलकबोल हुने तयारी गरीएको छ।
कार्यालयले २८ दिनको लागि १० अर्ब रुपैयाँ, ९१ दिनको लागि ७ अर्ब २३ करोड रुपैयाँ, १८२ दिनका लागि ८ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल नवीकरण तथा ५ अर्बको नयाँ ट्रेजरी र १ वर्षको लागि ७ अर्ब ५० करोड रुपैयाँबराबरको ट्रेजरी बिल नवीकरण गर्ने जानकारी प्राप्त भएको छ।
सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिकहरु सो प्रकृयामा सहभागी हुन पाउँने छन् । बोलकबोलमा सबैभन्दा बढी मूल्य तोक्ने संस्थालाई प्राथमिकता दिने गरिन्छ ।






































