National life

सरकारी बक्यौता नतिर्ने ५२ जनाको तीन पुस्ते विवरण सार्वजनिक, को–को छन् सूचीमा ?

max lubricant tata
Aarthik voice
Aarthik voice
८ महिना अगाडि|११ माघ २०८२, आइतबार
928Shares
सरकारी बक्यौता नतिर्ने ५२ जनाको तीन पुस्ते विवरण सार्वजनिक, को–को छन् सूचीमा ?
ncell

काठमाडौं। सरकारको नाममा बुझाउनुपर्ने रकम लामो समयदेखि नतिरेका ५२ जनाको तीन पुस्तासहितको विवरण सार्वजनिक गरिएको छ। ती व्यक्तिहरूको सूची सरकारले औपचारिक रूपमा सार्वजनिक गर्दै तोकिएको समयभित्र रकम बुझाउन निर्देशन दिएको हो।

सार्वजनिक सूचीमा नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंह, पोखरास्थित दि फूलबारी लिमिटेडका पियुष बहादुर अमात्य, विभिन्न कर्मचारी, कृषि व्यवसायमा संलग्न व्यक्ति तथा सशस्त्र प्रहरीका सदस्यसमेत परेका छन्।

महालेखा नियन्त्रकको कार्यालय अन्तर्गत कुमारी चोक तथा केन्द्रीय तहसिल कार्यालय बबरमहलले नाम, ठेगाना र बाँकी रकमसहितको विवरण सार्वजनिक गर्दै ३५ दिनभित्र साँवा तथा ब्याजसहित रकम भुक्तानी गर्न आग्रह गरेको छ।

Royal Enfield
nic asia capital
तोकिएको समयभित्र रकम नतिरेमा सम्बन्धित व्यक्तिहरूको चल तथा अचल सम्पत्तिबाट प्रचलित कानुनअनुसार असुली गरिने चेतावनीसमेत दिइएको छ।

कार्यालयका अनुसार यसअघि पनि सरकारी बक्यौता तिर्न बाँकी रहेकाहरूको अभिलेख तयार गरी वेबसाइटमार्फत तथा सार्वजनिक सूचनामार्फत पटक–पटक जानकारी गराइएको थियो। साथै उनीहरूको ठेगानामा पत्राचार गरी उपस्थित हुन समेत सूचित गरिएको थियो।

यस्ता विभिन्न प्रयासका बाबजुद पनि बक्यौता रकम असुल हुन नसकेपछि बाध्य भएर तीन पुस्तासहितको विस्तृत विवरण सार्वजनिक गर्नुपरेको केन्द्रीय तहसिल कार्यालयलेको भनाई छ ।

को–को छन् सूचीमा ?

सरकारी बक्यौता तिर्न बाँकी ५२ जनाको सूची :

यो समाचार शेयर गर्नुहोस्
928SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?