National life

सर्वसाधारणका लागि एपोलो हाइड्रोपावरको आईपीओ निष्काशन गर्दै

max lubricant tata
Aarthik voice
Aarthik voice
५ महिना अगाडि|१७ चैत २०८२, मङ्गलबार
1.1kShares
सर्वसाधारणका लागि एपोलो हाइड्रोपावरको आईपीओ निष्काशन गर्दै
ncell

काठमाडौं। एपोलो हाइड्रोपावर लिमिटेडले आगामी चैत २६ गतेदेखि सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ।

कम्पनीले यसअघि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको आईपीओ बाँडफाँट गरिसकेको छ भने अब दोस्रो चरणअन्तर्गत सर्वसाधारण लगानीकर्ताहरूका लागि निष्काशन गर्न लागेको हो।

कम्पनीले जारी पूँजी ५७ करोड रुपैयाँको ३० प्रतिशत अर्थात् १४ करोड १० लाख रुपैयाँ बराबरको १४ लाख १० हजार कित्ता साधारण सेयर निष्काशन गर्न अनुमति पाएको थियो। सोमध्ये ४ लाख ७० हजार कित्ता आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि र ९४ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका श्रम स्वीकृति प्राप्त नेपालीहरूका लागि छुट्याइएको सेयर बाँडफाँट भइसकेको छ।

Royal Enfield
nic asia capital

त्यसैगरी, सामूहिक लगानी कोषका लागि ३७ हजार कित्ता तथा कम्पनीका कर्मचारीहरूका लागि १८ हजार ८०० कित्ता सेयर पनि बाँडफाँट गरिएको छ। अब बाँकी रहेको ७ करोड ८० लाख २० हजार रुपैयाँ बराबरको, प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ७ लाख ८० हजार २०० कित्ता साधारण सेयर सर्वसाधारणका लागि निष्काशन गर्न लागिएको कम्पनीले जनाएको छ।

उक्त आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ९४ हजार कित्तासम्म आवेदन दिन सकिनेछ। निष्काशन छिटोमा चैत ३० गते र ढिलोमा २०८३ वैशाख १० गते बन्द हुने व्यवस्था गरिएको छ।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?