काठमाडौं । सहकारीका बचतकर्ताको वचत फिर्ताको माग गर्दै कांग्रेसले सडक प्रदर्शन गर्ने भएको छ। बुधबार केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सहकारीको रकम अपचलनका विषयमा छानबिनको माग गर्दै सहकारीका बचतकर्ताको वचत फिर्ताको लागि कांग्रेसले सडक आन्दोलन गर्ने निर्णय गरेको हो ।
सहकारीको रकम अपचलनमा गृहमन्त्री रवि लामिछानेको संलग्नताका विषयमा छानबिनका लागि संसदीय समिति गठन गर्ने मागमा पनि सरकार गम्भीर नभएको ठहर गर्दै कांग्रेसले आन्दोलनको घोषणा गरेको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए ।
सहकारीका बचतकर्ताको वचत फिर्ता, गृहमन्त्री लामिछानेमाथि संसदीय छानबिन, गृहमन्त्री लामिछानेले कांग्रेस नेताहरुमाथि लगाएको आरोपको विरोध, गिरीबन्धु टी इस्टेटको जग्गा घोटाला लगायतका विषय उठाएर सडक प्रदर्शन गर्ने प्रवक्ता डा. महतले आर्थिक भ्वाइसलाई जानकारी दिए ।






































