National life

पूर्वउपराष्ट्रपति पुनका छोरा दीपेश पक्राउ

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०२ चैत २०८०, शुक्रबार
413Shares
पूर्वउपराष्ट्रपति पुनका छोरा दीपेश पक्राउ
ncell

काठमाडौं । पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुन पक्राउ परेका छन् ।

नेकपा माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीका महासचिव समेत रहेका पुनलाई प्रहरी प्रधान कार्यालयको विशेष टोलीले पक्राउ गरेको हो।

६० किलो सुन तस्करी प्रकरणका मुख्य आरोपी दावा छिरिङसँग उनको सम्बन्ध देखिएपछि पुन छानबिनको दायरामा परेका थिए । तर, सीआईबीले उनलाई कागज गराएर छाडेको थियो ।

Royal Enfield
nic asia capital

सरकारले सुन तस्करीको जाँचबुझ गर्न पूर्व न्यायाधीश डिल्लीराज आचार्यको नेतृत्वमा ४ सदस्यीय उच्चस्तरीय आयोग गठन गरेको थियो । आयोगले बिहीबार सरकारलाई आफ्नो प्रतिवेदन पेश गरेको थियो । आयोगले सुन प्रकरणको अनुसन्धानमा सीआईबीले गम्भीर लापरबाही गरेको ठहर गरेको थियो । आयोगको प्रतिवेदनपछि सरकारले सो प्रकरणमा जोडिएका विभिन्न व्यक्तिविरुद्ध फेरि मुद्दा चलाउने तयारी गरेको छ ।

सुन तस्करी प्रकरणमा जोडिएकाहरूलाई कारबाही अघि बढाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई निर्देशन दिएका छन्।

सरकारले उक्त आयोगको प्रतिवेदन कार्यान्वयमा लैजाने निर्णय शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकमार्फत गरेलगत्तै दीपेश समातिएका हुन्।

६० किलो सुन तस्करी प्रकरणमा संलग्न दावा छिरिङसँग दिपेशको कनेक्सन देखिएपछि आयोगले सिंहदरबारस्थित कार्यालयमै बोलाएर उनीसँग बयान लिएको थियो।

 

 

यो समाचार शेयर गर्नुहोस्
413SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?