National life

"सागर डिष्टिलरीको आईपीओ बाँडफाँट , १ लाख १९ हजार लगानीकर्ताले पाए सेयर"

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१२ असोज २०८२, आइतबार
981Shares
"सागर डिष्टिलरीको आईपीओ बाँडफाँट , १ लाख १९ हजार लगानीकर्ताले पाए सेयर"
ncell

काठमाडौं । सागर डिष्टिलरी लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) बाँडफाँट सम्पन्न भएको छ। कम्पनीले गत भदौ ३० गतेदेखि असोज ९ गतेसम्म सर्वसाधारणलाई प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ११ करोड ९० लाख ६४ हजार रुपैयाँ बराबरको ११ लाख ९० हजार ६४० कित्ता सेयर निष्काशन गरेको थियो।

उक्त निष्काशनमा २२ लाख २७ हजार ५०३ जना आवेदकले जम्मा २ करोड ४२ लाख ८० हजार ५८० कित्ता सेयरका लागि आवेदन दिएका थिए। यद्यपि, त्यस मध्ये २१ लाख ९३ हजार ८२३ आवेदन मात्र मान्य भएका छन् भने बाँकी आवेदन विभिन्न कारणले रद्द गरिएका छन्।

Royal Enfield
nic asia capital

मागभन्दा निकै बढी आवेदन परेकाले बाँडफाँट गोलाप्रथा (लटरी प्रणाली) मार्फत गरिएको हो। सोही अनुसार १ लाख १९ हजार ६४ भाग्यशाली आवेदकले १० कित्ताका दरले सेयर प्राप्त गरेका छन्। यस बाँडफाँटसँगै सागर डिष्टिलरी पूँजी बजारमा नयाँ सूचीकृत कम्पनीको रूपमा प्रवेश गर्न तयारी अवस्थामा पुगेको छ।

यो समाचार शेयर गर्नुहोस्
981SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?