National life

साताभरमा ११५ अंकले बढ्यो नेप्से परिसूचक, लगानीकर्ताको सम्पत्तिमा १.९४ खर्बको वृद्धि

max lubricant tata
Aarthik voice
Aarthik voice
१० महिना अगाडि|११ मंसिर २०८२, बिहिबार
643Shares
साताभरमा ११५ अंकले बढ्यो नेप्से परिसूचक, लगानीकर्ताको सम्पत्तिमा १.९४ खर्बको वृद्धि
ncell

काठमाडौँ। सेयर बजारमा यो साताभर निरन्तर हरियाली देखिएको छ। केही समयदेखि गिरावटको अवस्थामा रहेको बजार यस साता दैनिक सुधारसँगै उच्च वृद्धि देखिएको छ। साताभरको कारोबारमा नेप्से परिसुचक ११५.७४ अंकले बढेर बजारमा लगानीकर्ताको उत्साह बढाएको छ।

Royal Enfield
nic asia capital

गत साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से ०.७९ अंकले घटेर २५६०.२९ अंकमा पुगेको थियो। तर आइतबार नेप्से ३९.९२ अंकले बढेर २६००.२२ अंकमा पुगेको हो। सोमबार ५०.४४ अंकको वृद्धि देखिएर नेप्से २६५०.६६ अंकमा पुगेको थियो। मंगलबार ५.३५ अंकको वृद्धि सहित २६५८.१९ अंकमा, बुधबार ९.६१ अंकको सुधारसहित २६६५.६० अंकमा र बिहीबार १०.४३ अंकले बढेर २६७६.०३ अंकमा परिसुचक बन्द भएको छ।

कारोबार रकममा पनि सुधार देखिएको छ। साताको पहिलो दिन आइतबार ६ अर्ब २८ करोड ६७ लाख रुपैयाँको सेयर कारोबार भएको थियो। सोमबार ७ अर्ब ३ करोड ५४ लाख रुपैयाँ, मंगलबार ५ अर्ब ८२ करोड ३० लाख रुपैयाँ, बुधबार ६ अर्ब ६९ करोड २९ लाख रुपैयाँ र बिहीबार ६ अर्ब ६६ करोड २३ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ।

नेप्से परिसुचकमा आएको निरन्तर वृद्धिसँगै लगानीकर्ताको सम्पत्ति १ खर्ब ९४ अर्ब ३३ करोड ८४ लाख रुपैयाँले बढेको छ। बजार पूँजीकरण पनि बिहीबार ४४ खर्ब ९३ अर्ब १२ करोड २४ लाख रुपैयाँ कायम भएको छ। यसै साता आइतबार पूँजीकरण ४३ खर्ब ६५ अर्ब ८२ करोड ४७ लाख, सोमबार ४४ खर्ब ५० अर्ब ५२ करोड ८५ लाख, मंगलबार ४४ खर्ब ५९ अर्ब ४६ करोड ३७ लाख र बुधबार ४४ खर्ब ७५ अर्ब ६० करोड १० लाख रुपैयाँ कायम भएको थियो।

साताको कारोबारको विभिन्न दिनहरूमा सागर डिष्टिलरी, स्वस्तिक लघुवित्त, झापा इनर्जी, श्रीनगर एग्रीटेक इन्डस्ट्री र बन्दीपुर केबलकारका सेयर मूल्यमा सकारात्मक सर्किट लागेको देखिएको छ। विशेष गरी सोमबार यी कम्पनीका सेयर मूल्य १० प्रतिशतले बढेका थिए भने बिहीबार पनि सागर डिष्टिलरी, स्वस्तिक लघुवित्त, झापा इनर्जी, श्रीनगर एग्रीटेक इन्डस्ट्री र एनआरएन इन्फ्रास्ट्रक्चरको सेयर मूल्य १० प्रतिशतले बढेको छ।

कारोबार रकमको आधारमा पनि हरेक दिन शीर्ष स्थानमा रहेका कम्पनीहरू परिवर्तन भइरहेका थिए। आइतबार एनआरएन इन्फ्रास्ट्रक्चर ६५ करोड ६० लाख रुपैयाँ, सोमबार नेपाल लाइफ इन्स्योरेन्स २४ करोड ८१ लाख रुपैयाँ, मंगलबार बन्दीपुर केबलकार २६ करोड ९९ लाख रुपैयाँ र बिहीबार एनआरएन इन्फ्रास्ट्रक्चर ४० करोड १७ लाख ७१ हजार रुपैयाँ बराबरको कारोबार गर्दै शीर्ष स्थानमा रहेका थिए।

यो समाचार शेयर गर्नुहोस्
643SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?