काठमाडौँ । सानिमा माई हाइड्रोपावर लिमिटेडअन्तर्गत सञ्चालनमा रहेका दुई जलविद्युत आयोजनाबाट फेरि विद्युत उत्पादन सुरु भएको छ। कम्पनीका अनुसार माई जलविद्युत केन्द्र (२२ मेगावाट) र माई क्यास्केड जलविद्युत केन्द्र (७ मेगावाट) बाट फागुन १० गतेदेखि उत्पादन पुनः थालिएको हो।
गत असोज १८ गते परेको निरन्तर वर्षापछि माई खोलामा आएको बाढी तथा पहिरोले दुवै आयोजनाका संरचनामा क्षति पुर्याएपछि उत्पादन रोकिएको थियो। विशेषगरी हेडवर्क्स क्षेत्रमा अवस्थित संरचनाहरू प्रभावित भएका थिए।
कम्पनीले क्षतिग्रस्त हेडरेस कल्भर्ट र फ्लसिङ चेम्बरको मर्मत तथा आवश्यक परीक्षण सम्पन्न गरेपछि पुनः सञ्चालनमा ल्याइएको जनाएको छ। यससँगै विशेष अवस्था अन्त्य भई दुवै केन्द्र नियमित उत्पादनमा फर्किएको कम्पनीको भनाइ छ।





































