National life

सानेपामा देउवाको सम्बोधन: कांग्रेसभित्र एकता र संगठन सुदृढीकरणमा जोड (पूर्णपाठ )

max lubricant tata
Aarthik voice
Aarthik voice
११ महिना अगाडि|२८ असोज २०८२, मङ्गलबार
1KShares
सानेपामा देउवाको सम्बोधन: कांग्रेसभित्र एकता र संगठन सुदृढीकरणमा जोड (पूर्णपाठ )
ncell

काठमाडौँ । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको नेतृत्व अब नयाँ पुस्ताले सम्हाल्ने समय आएको बताएका छन्। उनले आगामी १५औँ महाधिवेशनबाट आफूले पार्टी नेतृत्व विधिवत रूपमा हस्तान्तरण गर्ने घोषणा गर्दै नयाँ सभापतिका रूपमा अरू नेताले नेतृत्व सम्हाल्ने विश्वास व्यक्त गरे।

पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै सभापति देउवाले भने, “१५औँ महाधिवेशनपछि पार्टीको नयाँ नेतृत्व चयन हुनेछ, त्यसमा म सभापति हुने छैन।” उनले पार्टीभित्र एकता, अनुशासन र सुदृढ संगठन निर्माण नै वर्तमान समयको मुख्य आवश्यकता रहेको उल्लेख गरे।

Royal Enfield
nic asia capital

देउवाले देशको वर्तमान राजनीतिक अवस्थालाई विषम र अनिश्चित भन्दै लोकतान्त्रिक व्यवस्थाको संरक्षणका लागि सबै दलबीच संवाद र सहकार्य अनिवार्य रहेको बताए। उनका अनुसार, नेपाली कांग्रेसले लोकतान्त्रिक मूल्य र संविधानको रक्षाका लागि अग्रणी भूमिका निर्वाह गर्नुपर्ने बताए ।

सभापति देउवाले नेपालको संविधान नै जोखिममा परेको चेतावनी दिँदै हालको प्रतिनिधिसभा विघटनलाई “असंवैधानिक र अलोकतान्त्रिक” भने। उनका शब्दमा, “जननिर्वाचित सर्वोच्च संस्था प्रतिनिधिसभा असंवैधानिक रूपमा विघटन गरिएको छ। उनले सरकारले फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचनको मिति तोकेको भए पनि स्वतन्त्र, निष्पक्ष र भयरहित निर्वाचनको वातावरण बन्न नसकेको टिप्पणी गरे।

यो समाचार शेयर गर्नुहोस्
1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?