National life

सामाजिक सुरक्षाको आठ वर्ष: २६ लाख नागरिक आबद्ध, १७ अर्ब बढी भुक्तानी

max lubricant tata
Aarthik voice
Aarthik voice
१० महिना अगाडि|११ मंसिर २०८२, बिहिबार
511Shares
सामाजिक सुरक्षाको आठ वर्ष: २६ लाख नागरिक आबद्ध, १७ अर्ब बढी भुक्तानी
ncell

काठमाडौं। ‘सामाजिक सुरक्षाः सर्वव्यापी स्वास्थ्य सेवाको पहुँच, पेन्सनयोग्य समाज र उत्पादकत्व अभिवृद्धिसहित नागरिक जीवनको रक्षा’ भन्ने नारासहित आज देशभर आठौँ सामाजिक सुरक्षा दिवस मनाइँदै छ। ‘असल श्रम सम्बन्धको आधार सामाजिक सुरक्षा र रोजगार’ भन्ने मूल मन्त्रसहित आठ वर्षअघि योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम घोषणा भएको दिनको सम्झनामा प्रत्येक वर्ष मङ्सिर ११ मा सामाजिक सुरक्षा दिवस मनाइन्छ।

यस वर्षको दिवसका प्रमुख आतिथ्यतामा प्रधानमन्त्री सुशीला कार्की रहनेछिन्। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा विशेष समारोह आयोजना गरिने बताइएको छ।

Royal Enfield
nic asia capital
नेपालको संविधानमा सुनिश्चित सामाजिक सुरक्षासम्बन्धी मौलिक हक कार्यान्वयन गर्ने उद्देश्यसहित सरकारले २०७५ मङ्सिर ११ गते योगदानमा आधारित सामाजिक सुरक्षा योजना औपचारिक रूपमा घोषणा गरेको थियो।

श्रमिकको योगदानमा आधारित सामाजिक सुरक्षा हक सुनिश्चित गर्दै योगदानकर्तालाई आवश्यक सुरक्षा प्रदान गर्ने लक्ष्यका साथ स्थापना गरिएको कोषले सो कार्यक्रम सञ्चालन गर्दै आएको छ। कोषका अनुसार, सबै श्रमिकलाई योजनामा समावेश गरी आर्थिक तथा सामाजिक जोखिम न्यूनिकरण गर्ने, सर्वव्यापी सामाजिक सुरक्षाको अवधारणा मूर्तरूप दिनेजस्ता उद्देश्यसहित कोषका कार्यक्रम अघि बढाइएका छन्।

‘बढ्दै दायरा, लाभान्वित हुँदै श्रमिक’ भन्ने नारासहित कोषले औपचारिक क्षेत्रका श्रमिकसँगै वैदेशिक रोजगारी, अनौपचारिक तथा स्वरोजगार क्षेत्रका श्रमिकलाई पनि योजनामा समेटिरहेको छ। बुधबारसम्म साढे २६ लाखभन्दा बढी नागरिक योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत आवद्ध भएका छन्। यसमा औपचारिक क्षेत्रका ६ लाख ४९ हजार ५११, वैदेशिक रोजगारीमा रहेका १९ लाख ९६ हजार ५७९, अनौपचारिक क्षेत्रका ७९९ र स्वरोजगार क्षेत्रका ५८२ श्रमिक छन्।

कोषले श्रमिकका लागि औषधोपचार, स्वास्थ्य तथा मातृत्व, दुर्घटना तथा अशक्तता, आश्रित परिवार सुरक्षा र वृद्धावस्था सुरक्षा योजना सञ्चालन गर्दै आएको छ। यी योजनाबाट श्रमिक तथा उनीहरूको परिवारले विभिन्न सुविधा र सहुलियत प्राप्त गरिरहेका छन्। हालसम्म कोषमा ९५ अर्ब ६८ करोड रुपैयाँ योगदान रकम संकलन भएको छ। विभिन्न योजनाबाट लाभ लिँदै आएका २ लाख ५३ हजार १४३ श्रमिकले अहिलेसम्म १७ अर्ब ७२ करोड रुपैयाँबराबरको दाबी भुक्तानी प्राप्त गरिसकेका छन्।

यो समाचार शेयर गर्नुहोस्
511SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?