National life

सामाजिक सेवाबाट संसदको यात्रा, रुपन्देही–२ मा चुन्न प्रसादमाथि नागरिकको भरोसा (भिडियोसहित)

max lubricant tata
Aarthik voice
Aarthik voice
७ महिना अगाडि|०८ फागुन २०८२, शुक्रबार
1.3kShares
सामाजिक सेवाबाट संसदको यात्रा, रुपन्देही–२ मा चुन्न प्रसादमाथि नागरिकको भरोसा (भिडियोसहित)
ncell

काठमाडौँ। यतिबेला देश निर्वाचनको मुखैमा पुगेको छ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै राजनीतिक दलहरू प्रचार–प्रसारमा तीव्र रूपमा सक्रिय छन्। देशव्यापी रूपमा दल तथा तिनका उम्मेदवारहरू घरदैलो अभियान, सभा–समारोह, कोणसभा र अन्तरक्रियामार्फत मतदातासम्म पुगिरहेका छन्। चुनावी सरगर्मी बढ्दै जाँदा विभिन्न निर्वाचन क्षेत्रमा प्रतिस्पर्धा थप रोचक बन्दै गएको छ।

Royal Enfield
nic asia capital

यसै सन्दर्भमा आज हामी चर्चा गर्दैछौं रुपन्देही निर्वाचन क्षेत्र नं. २ का उम्मेदवार चुन्नप्रसाद शर्मा (पौडेल)को । रुपन्देही -२ सोही निर्वाचन क्षेत्र हो जहाँ एमालेका विष्णुप्रसाद पौडेल पटक–पटक निर्वाचित हुँदै आएका छन्। नेकपा एमालेका प्रभावशाली नेतासँग प्रतिस्पर्धाका लागि यसपटक चुन्नप्रसाद शर्मा पौडेल नेपाली कांग्रेसका तर्फबाट चुनावी मैदानमा उत्रिएका छन्।

देशव्यापी रूपमा अपेक्षाकृत नयाँ अनुहार मानिए पनि रुपन्देही–२ का मतदाताका लागि भने उनी अपरिचित नाम होइनन्।

चार दशक लामो राजनीतिक र सामाजिक सक्रियता

चार दशकदेखि नेपाली कांग्रेसमा सक्रिय रहँदै आएका पौडेल सामाजिक, व्यावसायिक र राजनीतिक क्षेत्रमा निरन्तर क्रियाशील छन्। बागलुङ जिल्लामा जन्मिएका उनले त्यहीँ हुर्किएर प्रारम्भिक शिक्षा हासिल गरे भने उच्च शिक्षा बनारसमा पूरा गरेका थिए। वि.सं. २०३८ सालमा आफ्नै गाउँको विद्यालयबाट शिक्षण पेशा सुरु गरेका उनी शिक्षकका रूपमा समाजलाई साक्षर र सचेत बनाउने अभियानमा सक्रिय रहे।

शिक्षण पेशामा रहँदै गर्दा उनले आफूलाई कक्षाकोठामा मात्र सीमित राखेनन्। समाजसेवा, व्यवसाय र राजनीतिमा समेत समानान्तर रूपमा सक्रिय हुनुपर्ने धारणा बोकेका पौडेलले सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखे। बागलुङमा रहँदा शिक्षकका रूपमा पहिचान बनाएका उनले पछि गुल्मी हुँदै २०४९ सालदेखि स्थायी रूपमा बुटवलमा बसोबास गर्दै आएका छन्।

सानो पसलबाट ‘यशोदा ग्रुप’सम्म

वि.स. २०४९ सालमा रुपन्देहीको संगमपथमा सानो पसलबाट सुरु भएको उनको व्यावसायिक यात्रा आज बहुआयामिक ‘यशोदा ग्रुप’का रूपमा विस्तार भएको छ। उनले नेतृत्व गरेको व्यावसायिक समूहले नेपाली खाद्य उत्पादनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारसम्म पुर्‍याउँदै विशिष्ट पहिचान बनाएको दाबी गरिएको छ। उद्योग, स्वास्थ्य सेवा र अन्य क्षेत्रहरूमा लगानी विस्तार गर्दै उनले बुटवल क्षेत्रमा आर्थिक गतिविधि बढाउन योगदान दिएका छन्।

उद्योग तथा अस्पतालमार्फत हजारौं युवालाई प्रत्यक्ष रोजगारी दिएको दाबी गर्दै उनका समर्थकहरू भन्छन्, “उहाँले दशौँ हजार मानिसलाई रोजगारी दिनुभएको छ।” प्रत्यक्ष रूपमा ५ हजारभन्दा बढी युवालाई रोजगारी उपलब्ध गराएको उल्लेख गर्दै उनी रोजगार सिर्जनामा अग्रणी व्यवसायीका रूपमा चिनिन्छन्।

सामाजिक उत्तरदायित्व र परोपकारी छवि

महामारी, प्राकृतिक विपत्ति वा सामाजिक संकटका बेला राहत तथा सहयोग अभियानमा अग्रपङ्क्तिमा उभिएको बताइन्छ। धार्मिक तथा सामाजिक कार्यमा सक्रिय संलग्नता, परोपकारी गतिविधि र विभेदरहित व्यवहारले उनलाई समाजमा स्वीकार्य व्यक्तित्व बनाएको समर्थकहरूको भनाइ छ। पार्टीप्रति आस्था राखे पनि सामाजिक र व्यावसायिक जीवनमा सबैलाई समान व्यवहार गर्ने उनको दाबी छ।

नेपाली कांग्रेसका महासमिति सदस्यसमेत रहेका पौडेल अहिले रुपन्देही–२ मा घरदैलो अभियानमा व्यस्त छन्। कम बोल्ने तर दीर्घदृष्टि बोकेको नेतृत्वका रूपमा प्रस्तुत गरिएका उनीप्रति महिला, युवा तथा ज्येष्ठ नागरिकको समेत सक्रियता बढ्दै गएको देखिन्छ।

“सामाजिक र व्यावसायिक अनुभवले संसदमा प्रभावकारी भूमिका खेल्न सक्छन् पौडेल” : रामबहादुर कार्की

रुपन्देही–२ मा नेपाली कांग्रेसका उम्मेदवार चुन्नप्रसाद शर्मा पौडेलको उम्मेदवारीलाई केन्द्रीय सदस्य रामबहादुर कार्कीले पार्टीको सोच–विचारसहितको निर्णय बताएका छन्। उनका अनुसार सानो व्यवसायबाट सुरु गरी उद्योग, अस्पताल लगायतका क्षेत्रमा लगानी विस्तार गरेका पौडेलले हजारौंलाई रोजगारी दिएका छन्।

कार्कीले कांग्रेस नयाँ नेतृत्व र नीतिसहित अघि बढेको उल्लेख गर्दै पौडेल नीति निर्माण गर्न सक्षम व्यक्ति भएको बताए। उनले पौडेलले संसदको सुविधा समेत जनताका लागि खर्च गर्ने प्रतिबद्धता जनाएको दाबी गरे।

रुपन्देही–२ मा स्थापित राजनीतिक व्यक्तित्वसँग उनको प्रतिस्पर्धा रोचक बन्दै गएको छ भने स्थानीय स्तरमा उनको उम्मेदवारीप्रति उत्साह देखिएको बताइएको छ।

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?