National life

सिंहदरबार र आसपासका सरकारी निकायमा सयौं सवारीसाधन जलेर नष्ट

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|३१ भदौ २०८२, मङ्गलबार
969Shares
सिंहदरबार र आसपासका सरकारी निकायमा सयौं सवारीसाधन जलेर नष्ट
ncell

काठमाडौँ । भदौ २४ गते ‘जेनेरेशन–जेड’ (Gen Z) समूहको आन्दोलन हिंसात्मक बन्दै सिंहदरबार र आसपासका विभिन्न सरकारी निकायमा आगजनी भएपछि सयौं सवारीसाधन जलेर नष्ट भएका छन्। प्रदर्शनकारीहरूले भेटिएका सरकारी गाडी, बस, मोटरसाइकल तथा स्कुटरमा आगो लगाइदिँदा सरकारी निकायमा ठूलो क्षति पुगेको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका मात्रै ४७ साना गाडी र ७५ मोटरसाइकल/स्कुटर जलेका छन्। त्यस्तै अर्थ मन्त्रालयका ३६ गाडी र ५५ मोटरसाइकल, गृह मन्त्रालयका २५ गाडी र ३० मोटरसाइकल, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका २५ गाडी र ४७ मोटरसाइकल जलेको विवरण प्राप्त भएको छ।

Royal Enfield
nic asia capital

सर्वोच्च अदालत र सडक विभागसमेतका सवारीसाधन पूर्णरूपमा जलेर नष्ट भएको उल्लेख गरिएको छ। आन्तरिक मामिला तथा सामान्य प्रशासन मन्त्रालयका ३३ साना गाडी, २ बस र ३६ मोटरसाइकल ध्वस्त भएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका २० गाडी र ४५ मोटरसाइकल, सहरी विकास तथा भवन निर्माण विभागका ५० गाडी र करिब २०० मोटरसाइकल जलेको प्रारम्भिक अनुमान गरिएको छ।

महान्यायाधिवक्ताको कार्यालय, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, सडक विभाग लगायत अन्य निकायका सवारीसाधन समेत गरी कुल ४४९ वटा गाडी/बस र ६०९ वटा मोटरसाइकल/स्कुटर नष्ट भएका छन्।

यो समाचार शेयर गर्नुहोस्
969SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?