National life

सिनर्जी पावरको साधारण सभा बलपूवर्क सम्पन्न : सुरक्षाकर्मीको व्यापक प्रयोग, लगानीकर्ता असन्तुष्ट

max lubricant tata
Aarthik voice
Aarthik voice
७ महिना अगाडि|१९ माघ २०८२, सोमबार
1.1kShares
सिनर्जी पावरको साधारण सभा बलपूवर्क सम्पन्न : सुरक्षाकर्मीको व्यापक प्रयोग, लगानीकर्ता असन्तुष्ट
ncell

काठमाडौँ । सिनर्जी पावर डेभलपमेन्ट कम्पनीको वार्षिक साधारण सभा विवादका बीच सम्पन्न भएको छ। यसअघि दुई पटकसम्म रोकिएको सभा सोमबार काठमाडौँको बौद्ध हेरिटेजमा बिहान १० बजेबाट सुरु गरिएको थियो।

सभामा निजी सुरक्षाकर्मी र प्रहरीको व्यापक प्रयोग गरिएको भन्दै सर्वसाधारण सेयरधनीले असन्तोष व्यक्त गरेका छन्। लगानीकर्ताहरूका अनुसार आम सेयरधनी र सञ्चारकर्मीलाई सभास्थलमा प्रवेश गर्न नदिई कम्पनीले जबरजस्ती रुपमा सभा अघि बढाएको हो।

Royal Enfield
nic asia capital

एक सेयरधनीले कम्पनीको कदमप्रति आपत्ति जनाउँदै भने, “निजी बाउन्सर, सुरक्षा गार्ड र प्रहरीको सहारामा सर्वसाधारण लगानीकर्तालाई बाहिरै रोक्नु अन्यायपूर्ण हो। प्रोक्सी कागजातमा हस्ताक्षर नमिलेको भन्दै झुटो बहाना बनाएर सभामा प्रवेश निषेध गरियो। हामी यस्तो व्यवहारको कडा विरोध गर्छौं।”

लगानीकर्ताहरूले कम्पनीले सेयरधनीप्रति देखाएको व्यवहार स्वीकार्य नभएको प्रतिक्रिया दिएका छन्। यस्तो शैलीले संस्थागत सुशासनमा प्रश्न उठ्ने र कम्पनीभित्र मनपरी निर्णयको अभ्यास बढ्ने उनीहरूको भनाइ छ।

यसअघि कम्पनीले पुस २८ र माघ ८ गतेका लागि बोलाएको साधारण सभा विभिन्न कारण देखाउँदै स्थगित गरिएको थियो।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?