National life

सिन्धुलीमा निर्माणाधीन हिमालयन फुड कम्पनीमा कामदारबीच झडप हुँदा ७ जना घाइते

max lubricant tata
Aarthik voice
Aarthik voice
७ महिना अगाडि|११ फागुन २०८२, सोमबार
837Shares
सिन्धुलीमा निर्माणाधीन हिमालयन फुड कम्पनीमा कामदारबीच झडप हुँदा ७ जना घाइते
ncell

काठमाडौँ। सिन्धुलीको मरिणमा निर्माणाधीन हिमालयन फुड कम्पनीमा कामदारबीच झडप हुँदा ७ जना घाइते भएका छन्। प्रहरीका अनुसार, सोमबार बिहान मरिण गाउँपालिका–४ साहानस्थित उक्त उद्योगमा मजदुरबीच आपसी विवादले हिंसात्मक झडपको रूप लिएको थियो। घाइतेमध्ये २ जना नेपाली र ५ जना चिनियाँ नागरिक छन्।

झडपको सुरुवात मरिण–६ धमिलेका ३० वर्षीय नवराज बम्जनलाई कामबाट निकालिएको विषयमा मतभेद भएपछि भएको हो।

Royal Enfield
nic asia capital
प्रहरीका अनुसार बम्जन र अर्का नेपाली कामदार गोकर्ण कटुवाल घाइते भएका छन्। बम्जनको दाहिने आँखामा र खुट्टामा चोट लागेको छ र उनको अवस्था गम्भीर भएपछि थप उपचारका लागि जिल्ला अस्पताल सिन्धुलीमा रिफर गरिएको छ। कटुवालको टाउकोमा चोट लागेको छ।

चिनियाँमध्ये ३८ वर्षीय मिस्टर याङको कान र टाउकोमा चोट लागेको छ। ४५ वर्षीय याङ हाइबोको बायाँ हातमा, ४० वर्षीय छ्याङ छोङको छातीमा, ४६ वर्षीय चुजेनको टाउको र मुखमा र ३१ वर्षीय लेउसेन्सीको टाउकोमा चोट लागेको छ।

घटनापछि कम्पनी परिसरमा केही समय तनाव रह्यो, तर अहिले स्थिति नियन्त्रणमा आएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान जारी छ।

यो समाचार शेयर गर्नुहोस्
837SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?