National life
cg eloctronics

सिमरामा एमाले कार्यकर्ता र ‘जेनजी’ समूहबीच झडप, राति ८ बजेेसम्म कर्फ्यु

max lubricant tata
Aarthik voice
Aarthik voice
११ महिना अगाडि|०३ मंसिर २०८२, बुधबार
408Shares
सिमरामा एमाले कार्यकर्ता र ‘जेनजी’ समूहबीच झडप, राति ८ बजेेसम्म कर्फ्यु
ncell

काठमाडौं । बाराको सिमरा क्षेत्रमा बुधबार नेकपा एमालेका कार्यकर्ता र ‘जेन–जी’ समूहबीच भएको झडपपछि वातावरण अत्यन्तै तनावग्रस्त बनेको छ।

झडपका क्रममा सिमराचोकस्थित स्वागतद्वार भत्किनुका साथै सार्वजनिक सम्पत्तिमा तोडफोड भएको जिल्ला प्रशासन कार्यालय बाराले जनाएको छ। घटनापछि प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले मंसिर ३ गते मध्याह्न १२ः३० बजेदेखि राति ८ बजेसम्म कर्फ्यु लागू हुने आदेश जारी गरेका छन्।

कर्फ्यु अवधिमा सार्वजनिक स्थानमा सर्वसाधारणको हिँडडुल र सवारीसाधनको आवागमन पूर्ण रूपमा प्रतिबन्धित गरिएको छ। प्रजिअ मिश्रका अनुसार कर्फ्युको उद्देश्य शान्ति–सुरक्षा कायम गर्नु, सामाजिक दुरुत्साहन नियन्त्रण गर्नु र थप सम्भावित हिंसा रोक्नु हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

उनले भने,“कर्फ्यु अवधिमा आपतकालीन सेवा वा अत्यावश्यक कामका लागि मात्र विशेष अनुमति दिइनेछ। आदेश उल्लंघन गर्नेहरूमाथि कानुनी कारबाही हुन्छ।” सुरक्षा स्थितिलाई कडा बनाउँदै सिमरा विमानस्थल र सिमराचोक क्षेत्रमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ। प्रशासनले स्थानीयवासीलाई सतर्क रहन र कर्फ्यु आदेश पूर्ण रूपमा पालना गर्न आग्रह गरेको छ।

यो समाचार शेयर गर्नुहोस्
408SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?