काठमाडौँ। ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा उच्च अदालत विराटनगरले चूडामणि उप्रेती ‘गोरे’लाई थप १० वर्ष जेल सजाय हुने फैसला सुनाएको छ। पूर्व जिल्ला अदालत मोरङबाट जन्मकैद सजाय पाएका उप्रेतीको यो फैसला न्यायाधीश महेन्द्रनाथ उपाध्याय र प्रकाशचन्द्र अधिकारीको संयुक्त इजलासले सुनाएको हो।
मोरङ जिल्ला अदालतका तत्कालीन न्यायाधीश भरत लम्सालले सुन तस्करी प्रमाण नपुगेको भन्दै प्रारम्भिक फैसला गर्दा सनम शाक्यको हत्यामा संलग्न ८ जनालाई मात्र सजाय सुनाएका थिए।
२०७४ फागुन १८ मा मोरङको उर्लाबारीमा सुन तस्करी सम्बन्धी विवादका कारण सनम शाक्यको हत्या गरिएको अभियोगमा गोरे सहित ६ जनालाई जन्मकैदको सजाय सुनाइएको थियो।
































