National life

सुपर खुदी हाइड्रोले १२ लाख बढी कित्ता सेयर निष्कासन गर्दै, कहिले खुल्दैछ आईपीओ ?

max lubricant tata
Aarthik voice
Aarthik voice
७ महिना अगाडि|२३ माघ २०८२, शुक्रबार
1KShares
सुपर खुदी हाइड्रोले १२ लाख बढी कित्ता सेयर निष्कासन गर्दै, कहिले खुल्दैछ आईपीओ ?
ncell

काठमाडौँ। सुपर खुदी हाइड्रोपावर लिमिटेडले आम लगानीकर्ताका लागि फागुन ४ गतेदेखि आईपीओ खुला गर्ने भएको छ। कम्पनीले यस चरणमा सर्वसाधारणलाई लक्षित गर्दै १२ लाख ८६ हजार ५ सय कित्ता साधारण सेयर बजारमा ल्याउन लागेको हो।

कुल निष्कासनमध्ये ७७ हजार ५ सय कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ भने ३१ हजार कित्ता सेयर कम्पनीका कर्मचारीहरूका लागि छुट्याइएको छ। लगानीकर्ताले कम्तीमा १० कित्तादेखि बढीमा १ लाख कित्तासम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।

Royal Enfield
nic asia capital

आईपीओमा आवेदन दिन इच्छुकले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा प्रणालीमा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखामार्फत आवेदन दिन सक्नेछन्। साथै, अनलाइन माध्यम ‘मेरो सेयर’ प्रयोग गरेर पनि आवेदन दिन मिल्नेछ।

यो आईपीओ छिटोमा फागुन १० गते र माग अनुसार ढिलोमा फागुन १९ गतेसम्म खुला रहने जनाइएको छ। सेयर निष्कासन तथा बिक्री व्यवस्थापनको जिम्मेवारी ग्लोबल आइएमई क्यापिटल लिमिटेडले सम्हालेको छ।

यसअघि कम्पनीले नेपाल धितोपत्र बोर्डबाट १०० रुपैयाँ अंकित मूल्यमा २० लाख कित्ता साधारण सेयर, अर्थात् २० करोड रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्न अनुमति पाएको थियो। सो अनुमतिअनुसार पहिलो चरणमा गत पुस २२ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि सेयर बिक्री खुला गरिएको थियो।

पहिलो चरणको निष्कासन सम्पन्न भएपछि कम्पनीले अब दोस्रो चरणमा सर्वसाधारणलाई लक्षित गर्दै आईपीओ निष्कासन गर्न लागेको हो।

यो समाचार शेयर गर्नुहोस्
1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?