National life

सूर्यकुण्ड हाईड्रोको आईपीओ बाँडफाँड सम्पन्न, ५७ हजार बढीले पाए शेयर

max lubricant tata
Aarthik voice
Aarthik voice
७ महिना अगाडि|०५ फागुन २०८२, मङ्गलबार
987Shares
सूर्यकुण्ड हाईड्रोको आईपीओ बाँडफाँड सम्पन्न,  ५७ हजार बढीले पाए शेयर
ncell

काठमाडौँ । सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडले सर्वसाधारणलाई बिक्री गरेको आईपीओको बाँडफाँड सम्पन्न गरेको छ। कम्पनीको सेयर निष्कासनको अन्तिम परिणाम आज बिहान नागपोखरीस्थित कुमारी क्यापिटल लिमिटेडको कार्यालयमा सार्वजनिक गरिएको हो।

कम्पनीले माघ १८ देखि २१ गतेसम्म सर्वसाधारणका लागि ५ लाख ७२ हजार ४३१ कित्ता साधारण सेयर बिक्री खुला गरेको थियो। बिक्री प्रबन्धक कुमारी क्यापिटलका अनुसार कुल २५ लाख ५२ हजार ६०२ आवेदकबाट २ करोड ६९ लाख ३२ हजार ८ सय कित्ता सेयर माग गर्दै आवेदन परेको थियो।

Royal Enfield
nic asia capital
जसमध्ये २४ लाख ११ हजार ९२२ आवेदन स्वीकृत भएका छन् भने ४० हजार ६८० आवेदन विभिन्न कारणले रद्द भएका छन्।

स्वीकृत आवेदकमध्ये गोलाप्रथाबाट ५७ हजार २४३ जनालाई जनही ५० कित्ताका दरले ५ लाख ७२ हजार ४३० कित्ता सेयर वितरण गरिएको छ। बाँकी रहेको १ कित्ता सेयर एक जना आवेदकलाई अतिरिक्त रूपमा प्रदान गरिएको जनाएको छ।

आईपीओको नतिजा ‘मेरो सेयर’ प्रणाली तथा सिडिएस एण्ड क्लियरिङको आधिकारिक वेबसाइटमार्फत हेर्न सकिने व्यवस्था गरिएको छ।

यो समाचार शेयर गर्नुहोस्
987SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?