National life
cg eloctronics

सेबोन मुद्दती निक्षेपमा लगानी गर्न बैंकसँग प्रस्ताव माग्दै

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०३ असोज २०८२, शुक्रबार
521Shares
सेबोन मुद्दती निक्षेपमा लगानी गर्न बैंकसँग प्रस्ताव माग्दै
ncell

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । यसका लागि बोर्डले वाणिज्य बैंकहरूसँग एक वर्षे ब्याजदर उल्लेख गरेर पाँच दिनभित्र आवश्यक कागजातसहितको सिलबन्दी प्रस्ताव बुझाउन आह्वान गरेको छ ।

बैंकिङ प्रणालीमा हाल अत्यधिक तरलता रहेको कारणले वाणिज्य बैंकहरूले ठूलो आकारका निक्षेप अस्वीकार गर्दै आएका छन् । मागभन्दा बढी तरलता भएको अवस्थाले पछिल्ला दुई वर्षदेखि बैंकहरूले ब्याजदर लगातार घटाएका छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

संस्थागत निक्षेपकर्ताले हाल मुद्दती निक्षेपमा करिब २.७५ प्रतिशत मात्र ब्याज पाउँदै आएका छन् । यो दर विगतको तुलनामा निकै न्यून भएकाले बैंकिङ प्रणालीमा निक्षेपकर्ताले आकर्षक प्रतिफल पाउन नसकेको देखिन्छ ।

सेबोनको यो कदमलाई आफ्ना कोष सुरक्षित रूपमा परिचालन गर्ने उपायका रूपमा लिइएको छ । साथै, यसले वाणिज्य बैंकहरूलाई ब्याजदर प्रस्तावमा थप प्रतिस्पर्धी बन्ने दबाब समेत सिर्जना गर्ने अपेक्षा गरिएको छ ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
521SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?