National life

सेयर धितो कर्जामा सबै खालको सीमा हट्यो, कुन बैंकहरूले कति उपलब्ध गराउँदै छन् ?

max lubricant tata
Aarthik voice
Aarthik voice
११ महिना अगाडि|२६ असोज २०८२, आइतबार
1.1kShares
सेयर धितो कर्जामा सबै खालको सीमा हट्यो, कुन बैंकहरूले कति उपलब्ध गराउँदै छन् ?
ncell

काठमाडौं । नेपाल राष्ट्र बैंकले सबै प्रकारका सेयर धितो कर्जामा व्यक्तिगत र संस्थागत दुवैतर्फको सीमा हटाएको छ। चालू आर्थिक वर्षको सुरुदेखि सेयर बजारले राम्रै प्रदर्शन गरिरहेको र कर्जा लिने संख्या पनि बढिरहेको छ।

राष्ट्र बैंकका अनुसार, साउन महिनामा मात्र बैंक तथा वित्तीय संस्थाबाट ३ अर्ब ८३ करोड रुपैयाँ सेयर धितो कर्जा प्रवाह भएको छ। साउन मसान्तसम्म कुल १ खर्ब ४४ अर्ब ५३ करोड रुपैयाँ सेयर धितो कर्जा उपलब्ध गराइएको छ।

Royal Enfield
nic asia capital

सेयर धितो कर्जा लिनेहरूका लागि सबैभन्दा सस्तो ब्याजदर एभरेष्ट बैंकमा छ। बैंकहरूले तोकेको ब्याजदर (बेसरेट) र प्रिमियम दर यस प्रकार छ:

  • एभरेष्ट बैंक: ५.०५% बेसरेट, २% प्रिमियम

  • राष्ट्रिय वाणिज्य बैंक: ४.७२% बेसरेट, २% प्रिमियम

  • नेपाल बैंक: ५.३९% बेसरेट, ३.५% प्रिमियम

  • ग्लोबल आईएमई बैंक: ५.४९% बेसरेट, २.७५% प्रिमियम

  • कृषि विकास बैंक: ५.५५% बेसरेट, २.५% प्रिमियम

  • नबिल बैंक: ५.६५% बेसरेट, ३.५% प्रिमियम

  • इन्भेष्टमेन्ट मेगा बैंक: ५.७८% बेसरेट, ३% प्रिमियम

  • सानिमा बैंक: ५.८६% बेसरेट, ३% प्रिमियम

  • माछापुच्छ्रे बैंक: ५.९६% बेसरेट, २.५% प्रिमियम

  • एनएमबी बैंक: ६.०२% बेसरेट, ३% प्रिमियम

  • नेपाल एसबीआई बैंक: ६.०६% बेसरेट, २% प्रिमियम

  • सिद्धार्थ बैंक: ६.०९% बेसरेट, ३.२५% प्रिमियम

  • हिमालयन बैंक: ६.१३% बेसरेट, २.५% प्रिमियम

  • प्रभु बैंक: ६.१६% बेसरेट, ५% प्रिमियम

  • सिटिजन्स बैंक: ६.१९% बेसरेट, ३% प्रिमियम

  • लक्ष्मी सनराइज बैंक: ६.२१% बेसरेट, २.५% प्रिमियम

  • कुमारी बैंक: ६.२२% बेसरेट, ४% प्रिमियम

  • प्राइम बैंक: ६.४०% बेसरेट, ५.५६% प्रिमियम

  • एनआईसी एशिया बैंक: ६.९१% बेसरेट, ३% प्रिमियम

  • बैंकहरूले प्रतिस्पर्धात्मक दरमा सेयर धितो कर्जा उपलब्ध गराउँदै बजारमा लगानीकर्ताहरूलाई सहज पहुँच दिइरहेका छन्।

    यो समाचार शेयर गर्नुहोस्
    1.1kSHARES
    machhapuchhre
    shikhar insurance ad

    प्रतिक्रिया

    छुटाउनुभयो कि ?