National life

सेयर बजारको सुस्तताले राजस्वमा दबाब : चार महिनामा पुँजीगत लाभकर संकलन ५८ % ले घट्यो

max lubricant tata
Aarthik voice
Aarthik voice
१० महिना अगाडि|०८ मंसिर २०८२, सोमबार
553Shares
सेयर बजारको सुस्तताले राजस्वमा दबाब : चार महिनामा पुँजीगत लाभकर संकलन ५८ % ले घट्यो
ncell

काठमाडौं। चालु आर्थिक वर्षका पहिलो चार महिनामा सेयर कारोबारबाट सरकारले जम्मा ३ अर्ब ३८ करोड ३३ लाख २४ हजार ७३६ रुपैयाँ पुँजीगत लाभकर संकलन गरेको छ। यो रकम गत आर्थिक वर्षको सोही अवधिमा संकलित ८ अर्ब १३ करोड रुपैयाँ भन्दा निकै कम हो। चालु वर्षको पुँजीगत लाभकर संकलन ५८.५४ प्रतिशत घटेको देखिन्छ, जसले सेयर बजारको गतिविधि कमजोर भएको संकेत गरेको छ।

Royal Enfield
nic asia capital

कात्तिक महिनामा भने लाभकर संकलन केही बढ्दै ३८ करोड ५ लाख ९९ हजार २९० रुपैयाँ पुगेको छ। यो रकम गत असोजमा उठेको २४ करोड ३६ लाख ५६ हजार ९२० रुपैयाँ भन्दा झन्डै १४ करोड रुपैयाँ बढी हो। असोजमा बजार उल्लेख्य रूपमा घटेपछि सो महिनामा चालु वर्षकै सबैभन्दा कम लाभकर संकलन भएको थियो। यसअघि साउनमा २ अर्ब १५ करोड ७५ लाख ६९ हजार र भदौमा ६० करोड १४ लाख ९९ हजार ४६४ रुपैयाँ लाभकर संकलन भएको CDSC ले जनाएको छ।

गत आर्थिक वर्षको साउनमा ४ अर्ब २३ करोड, भदौमा २ अर्ब ५७ करोड, असोजमा ५८ करोड ६५ लाख र कात्तिकमा ७५ करोड ८७ लाख रुपैयाँ पुँजीगत लाभकर संकलन भएको थियो। प्रस्तुत तथ्यांकलाई तुलना गर्दा गत वर्षको तुलनामा बजार गतिविधियस वर्ष तीब्र रूपमा घटेको देखिन्छ । कात्तिक महिनामा सबैभन्दा धेरै पुँजीगत लाभकर अल्पकालीन लगानीकर्ताबाट उठेको छ। उनीहरूले मात्र १६ करोड ३५ लाख रुपैयाँभन्दा बढी कर तिरेका छन्। दीर्घकालीन लगानीकर्ताले १२ करोड ७१ लाख रुपैयाँ तिरेका छन् भने संस्थागत लगानीकर्ताले ८ करोड ९८ लाख रुपैयाँ मात्र तिरेका छन्।

विद्यमान कर व्यवस्थाअनुसार, एक वर्षपछि बेचिएको सेयरको नाफामा ५ प्रतिशत र एक वर्षभित्र बेचिएको सेयरमा ७.५ प्रतिशत पुँजीगत लाभकर तिर्नुपर्छ। संस्थागत लगानीकर्ताले १० प्रतिशत कर तिर्ने तर उनीहरूले आर्थिक वर्षको अन्त्यमा नाफा–घाटा मिलान गर्न पाउने व्यवस्था छ। व्यक्तिगत लगानीकर्ताले चाहिँ यस्तो सुविधा पाउँदैनन्। नाफा नहुँदा कर तिर्नु नपर्ने तर ब्रोकर कमिशन र अन्य शुल्क भने अनिवार्य तिर्नुपर्ने प्रावधान यथावत छ।

गत वर्ष मौद्रिक नीतिले सेयर बजारमैत्री व्यवस्था गर्दै बजारमा जीवंतता ल्याएको थियो। त्यसकै प्रभावले नेप्से सूचक १८ सय बिन्दु आसपासबाट साउनमै ३ हजार बिन्दु हाराहारीसम्म पुगेको थियो। तर पछिल्ला महीनाहरूमा सूचक फेरि घट्दै हाल करिब २६ सय बिन्दुमा स्थिर जस्तै देखिन्छ। बजारमा आएको यो सुस्तताले पुँजीगत लाभकर संकलन पनि स्वाभाविक रूपमा घटाएको जानकारहरुको धारणा छ ।

यो समाचार शेयर गर्नुहोस्
553SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?