National life

सेयर बजारमा आएको अस्वाभाविक गिरावटबारे लगानीकर्तासंघद्वारा गभर्नरलाई ध्यानाकर्षण

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०५ असोज २०८२, आइतबार
1.2kShares
सेयर बजारमा आएको अस्वाभाविक गिरावटबारे लगानीकर्तासंघद्वारा गभर्नरलाई ध्यानाकर्षण
ncell

काठमाडौँ । हालै सेयर बजारमा आएको तीव्र गिरावटबारे विभिन्न लगानीकर्ता संघ–संस्थाहरूले नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेललाई ध्यानाकर्षण गराएका छन्। सेयर लगानीकर्ता संघ नेपाल, नेपाल पुँजीबजार लगानीकर्ता संघ र स्वतन्त्र पुँजीबजार लगानीकर्ता संघले संयुक्तरूपमा गभर्नरलाई भेटी ज्ञापनपत्र बुझाउँदै सुधारका लागि आवश्यक कदम चाल्न आग्रह गरेका हुन्।

संयुक्त विज्ञप्तिमा उनीहरूले भनेका छन्, “हालैको राजनीतिक घटनाक्रमपछि केही समय बन्द भएको बजार असोज २ गतेदेखि पुनः खुलेको विषय सबैलाई अवगत छ।

Royal Enfield
nic asia capital
तर पूर्वतयारी र सतर्कता बिना बजार खुलाइएकै दिन करिब ६ प्रतिशतको नकारात्मक सर्किट लाग्दै, जम्मा ७२ करोड रुपैयाँको कारोबारमा सीमित रहँदा १६० अंकभन्दा बढी सूचकांक ह्रास भई करिब ३ खर्व रुपैयाँ पुँजीकरण नष्ट हुनु राष्ट्रकै चिन्ताको विषय बनेको छ।”

उनका अनुसार अचानक आएको ठूलो गिरावटले बजारमा त्रास फैलिएको छ। आम लगानीकर्ताले ठूलो पूँजी गुमाउनु परेको र मनोवैज्ञानिक रूपमा समेत निराशा व्याप्त भएको उल्लेख छ। विज्ञप्तिमा विगतमा ०६२/०६३ को जनआन्दोलन, २०७२ सालको भूकम्प र कोभिड–१९ जस्ता संकटका समयमा समेत विना तयारी बजार खोल्दा लगानीकर्ताले ठूलो घाटा व्यहोर्नुपरेको उदाहरण दिँदै, यस पटकको अनपेक्षित ह्रासले लगानीकर्तामाझ गहिरो अविश्वास पैदा गरेको जनाइएको छ।

संघ–संस्थाहरूले नेपालको पुँजी बजारमा बैंक तथा वित्तीय संस्थाको वाहुल्यता रहेको उल्लेख गर्दै बजारलाई सुरक्षित, पारदर्शी र लगानीकर्तामैत्री बनाउन नेपाल राष्ट्र बैंकको सक्रियता अपरिहार्य भएको धारणा व्यक्त गरेका छन्।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?