National life

सेयर बजारमा उल्लेख्य गिरावट : २२४ कम्पनीको मूल्य घट्यो

max lubricant tata
Aarthik voice
Aarthik voice
८ महिना अगाडि|१३ माघ २०८२, मङ्गलबार
921Shares
सेयर बजारमा उल्लेख्य गिरावट : २२४ कम्पनीको मूल्य घट्यो
ncell

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा उल्लेख्य गिरावट देखिएको छ । मंगलबार नेप्से सूचक ४२.५८ अंकले ओरालो लाग्दै २७२६.५१ विन्दुमा सीमित भएको हो ।

Royal Enfield
nic asia capital

आज कुल ३ करोड २ लाख ६२ हजार कित्ता सेयर किनबेच हुँदा कारोबार रकम १४ अर्ब १६ करोड ७१ लाख रुपैयाँ पुगेको छ । कारोबार भएका कम्पनीहरूमध्ये ३४ वटाको सेयर मूल्य उकालो लाग्दा २२४ वटाको घटेको छ भने २ कम्पनीको मूल्यमा कुनै परिवर्तन देखिएन ।

कारोबार रकमका आधारमा राधी विद्युत अग्रस्थानमा रहँदै ५७ करोड ८५ लाख रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ । त्यसपछि एसवाई प्यानलको ५७ करोड ६८ लाख, आँखुखोला जलविद्युतको ५१ करोड ४३ लाख, ङादी ग्रुप पावरको ३९ करोड ३ लाख र बन्दीपुर केबलकारको ३७ करोड ३१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

यो समाचार शेयर गर्नुहोस्
921SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?