काठमाडौँ । साताको पहिलो कारोबारका दिन आज शेयर बजारमा गिरावट आएको छ । गत शुक्रवार सामान्य अंकको सुधार देखिएको बजारमा आज भने राताम्य देखिएको हो ।
पछिल्लो समय शेयर बजारमा आएको सुस्तताको कारण लगानीकर्ताको मनोबल कमजोर बन्दै गएको देखिन्छ । जस अनुसार आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५.१५ अकंले घटेर २५४०.५७ बिन्दुमा कायम भएको छ।
आज ३३७ कम्पनीको ७९ लाख ५७ हजार कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ८९ करोड ३९ लाख रुपैयाँको शेयर कारोबार भएको हो । यस दिन १० उपसूचक राताम्य भएका छन् ।
आज वाणिज्य बैंक समूहको ०.३० प्रतिशत, विकास बैंक समूहको ०.५२ प्रतिशत, फाइनान्स समूहको ०.८७ प्रतिशत, हाइड्रोपावर समूहको ०.४९ प्रतिशतले शेयर मूल्य घटेको छ । आइतबार ७४ कम्पनीको शेयर मूल्य बढेको छ भने १६८ कम्पनीको घटेको छ ।
आज घटेको बजारमा समेत सागर डिस्टीलरी, बुङ्गल हाइड्रो र बन्दीपुर केबलकारको सेयरमा सकरात्मक सर्किट लाएको छ। त्यस्तै, आज एसबिएल डिबेञ्चर २०८९को हिमालयन पावर पार्टनरको सेयर सर्वाधिक कारोबार भएको छ ।
आज कम्पनीको २८ करोड ९० लाख ७३ हजार रुपैया बराबरको कारोबार भएको छ । कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको नेपाल रिइन्स्योरेन्सको २१ करोड ३५ लाख २२ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।
त्यस्तै उक्त दिन माउन्टेन इनर्जीको २० करोड ८४ लाख ५५ हजार रुपैंया, एनआरएन इन्फ्रास्ट्रक्चरको १८ करोड २२ लाख ५५ हजार रुपैयाँ, यूनियन हाइड्रोपावरको १६ करोड ६२ लाख ९४ हजार रुपैयाँको कारोबार भएको हो ।

































