काठमाडौँ । कारोबार साताको अन्तिम दिन शेयर बजारमा दोहोरो अंकले गिरावट आएको छ ।
आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १२.८३ अकंले घटेर २६२०.९२ बिन्दुमा कायम भएको छ।
आज ३३६ कम्पनीको १ करोड १ लाख ५३ हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ७१ करोड ३९ लाख रुपैयाँको शेयर कारोबार भएको हो।
यसदिन १२ उपसूचक राताम्य भइरहेको छ । उक्त दिन ग्लोबल आइएमई सम्मुनत योजना २ को सेयरमा नकरात्मक सर्किट लाएको छ । त्यस्तै, आज वाणिज्य बैंक समूहको ०.६४ प्रतिशत, विकास बैंक समूहको ०.४७ प्रतिशत, फाइनान्स समूहको ०.७४ प्रतिशत, होटल तथा पर्यटन समूहको ०.४९ प्रतिशतले शेयर मूल्य बढेको छ।
घटेको बजारमा समेत आज एसवाइ प्यानल नेपालको सेयर सर्वाधिक कारोबार भएको छ । कम्पनीको आज २३ करोड ४१ लाख ११ हजार रुपैया बराबरको कारोबार भएको छ । कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको शिभम् सिमेन्ट्सको १३ करोड ८० लाख ४३ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।
































