काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलवार सेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ। आज ९नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ६२.२९ अंकले बढेर २५७१.३४ मा पुगेर बजार बन्द भएको हो ।
आज विभिन्न ३ सय १४ कम्पनीका ९२ लाख ४३ हजार ७ सय २३ कित्ता सेयर ४७ हजार ९४ पटक खरिदबिक्री हुँदा ४ अर्ब ५७ करोड ३९ लाख ४३ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।
मंगलवार २ सय ३६ कम्पनीको सेयर मूल्य बढ्दा १२ कम्पनीको सेयर मूल्य घटेको छ भने २ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
आज हिमालयन पावर पार्टनरको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको २४ करोड ९४ लाख ६० हजार रुपैयाँ बराबरको कारोबार भएको छ । कम्पनीको सेयर प्रतिकित्ता न्युनतम मूल्य ५१५ रुपैयाँ रहेको छ ।
आज ३ कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ भने हिमालयन पावर पार्टनरको सेयर ६।३६ प्रतिशत र युनिलिभर नेपालको सेयर ३।८८ प्रतिशतले घटेको छ ।
आज वाणिज्य बैंक समूहको १.९२ प्रतिशत, विकास बैंक समूहको ४.४७ प्रतिशत, फाइनान्स समूहको ३.१४ प्रतिशत, होटल तथा पर्यटन समूहको २.८० प्रतिशतले शेयर मूल्य बढेको छ ।


































