काठमाडौं। साताको पहिलो दिन सेयर बजार ५७.५५ अंकले बढेर २७७२.१७ अंक विन्दुमा आइपुगेको छ । आज ३ करोड ९ लाख १५ हजार कित्ता सेयर १३ अर्ब ७८ करोड ५७ लाखमा खरिद बिक्री भएको छ ।
आज २४० कम्पनीको शेयर मूल्य बढेको छ भने १९ कम्पनीको शेयर मूल्यमा गिरावट आएको छ। एउटा कम्पनीको शेयरमूल्य स्थिर छ ।
त्यस्तै, एसवाई प्यानल, श्रीनगर एग्रिटेक, नेपाल माइक्रो इन्स्योरेन्स, बन्दिपुर केबलकार, हिमस्टार ऊर्जा कम्पनी, माबिलुङ्ग इनर्जी, रिलायन्स फाइनान्स र आँखु खोला जलविदुयुत कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ भने सर्वाधिक कारोबार आँखुखोला जलविद्युत कम्पनीको भएको छ । सो कम्पनीको ४३ करोड ५९ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ ।
































