National life
cg eloctronics

सेयर बजारमा दोहोरो अंकको गिरावट: सर्वोत्तम सिमेन्टको सबैभन्दा बढी कारोबार

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१८ चैत २०८०, आइतबार
651Shares
सेयर बजारमा दोहोरो अंकको गिरावट: सर्वोत्तम सिमेन्टको सबैभन्दा बढी कारोबार
ncell

काठमाडौं । साताको पहिलो कारोबार दिन आज सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । आइतबार बजार १७.३० अंकले घटेर २०१८ को विन्दुमा कायम हुन पुगेको छ ।

पछिल्लो समय बजारमा आइरहेको गिरावटले लगानीकर्ताको मनोबल थप कमजोर बनाउँदै लगि रहेको छ । आज ३१६ कम्पनीको ७९ लाख ५७ हजार ६५९ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब २० करोड ५३ लाख ३२ हजार रुपैयाँको कारोबार भएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

आइतबार सर्वोत्तम सिमेन्टको शेयरमा लगानीकर्ता झुम्मिएका छन् । लगातार सकारात्मक सर्किट लागेको कम्पनीको आज भने नकारात्मक सर्किट लागेको हो ।

आज सबैभन्दा बढी सर्वोत्तम सिमेन्टको सेयर कारोबार भएको छ। आज कम्पनीको २८ करोड ६८ लाख ९३ हजार रुपैया बराबरको कारोबार भएको छ।

त्यस्तै कारोबार रकमको आधारमा गुर्खाज फाइनान्स दोस्रो स्थानमा रहेको छ । आज कम्पनीको १२ करोड ५६ लाख ६२ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
651SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?