National life

सेयर बजारमा दोहोरो अंकको उछाल : सबै उपसूचक हरियाली

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०७ असोज २०८२, मङ्गलबार
965Shares
सेयर बजारमा दोहोरो अंकको उछाल : सबै उपसूचक हरियाली
ncell

काठमाडौं । आज सेयर बजारमा उल्लेख्य सुधार देखिएको छ। नेप्से सूचक दोहोरो अंकले बढ्दै ५८.६३ अंकले उक्लेर २६८२.२५ विन्दुमा पुगेको हो।

Royal Enfield
nic asia capital
लगातार केही दिनदेखि उतारचढावमा रहेको बजार मंगलबार पुनः उत्साहजनक बन्दै लगानीकर्ताको मनोबल उच्च बनेको छ।

आजको दिन ३२८ कम्पनीका १ करोड १३ लाख ५३ हजार १४८ कित्ता सेयर किनबेच भएका छन्। यसबाट कुल कारोबार रकम ५ अर्ब ३१ करोड २७ लाख ७३ हजार रुपैयाँ पुगेको छ। कारोबार रकमको हिसाबले पनि बजार सक्रिय रह्यो।

सबै उपसूचक हरियाली

सेयर बजारमा उछाल आउँदा सबै उपसूचक हरियाली देखिएका छन्। बैंकिङ, विकास बैंक, जलविद्युत, बीमा, होटल तथा पर्यटन, लघुवित्त, अन्य र म्युचुअल फन्ड सबै समूहले आज सकारात्मक वृद्धि देखाएका छन्। यसले बजारमा व्यापक सुधार भएको संकेत गरेको छ।

सर्किट लागेका कम्पनीहरू

आजको कारोबारमा कतिपय कम्पनीले उच्चतम मूल्य वृद्धि गर्दै सर्किट हानेका छन्।

सप्तकोशी डेभलपमेन्ट बैंक

जोशी हाइड्रोपावर

ग्रीन डेभलपमेन्ट बैंक

नारायणी डेभलपमेन्ट बैंक

सिन्धु विकास बैंक

एसियन हाइड्रोपावर

भुगोल इनर्जी डेभलपमेन्ट कम्पनी

हिमस्टार उर्जा कम्पनी

यी कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढ्दै दिनको उच्चतम विन्दुमा पुगेको हो। बजारको यो वृद्धि मुख्यत: चाडपर्व नजिकिँदै गर्दा तरलता सहज भएको, केही कम्पनीहरूको आकर्षक लाभांश घोषणा, र लगानीकर्ताको मनोबल सुधार भएको जानकाहरुको धारणा छ ।

यो समाचार शेयर गर्नुहोस्
965SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?