National life

सेयर बजारमा लगातर गिरावट : १२ उपसूचक राताम्मै, कारोबार कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
११ महिना अगाडि|२९ असोज २०८२, बुधबार
1.1kShares
सेयर बजारमा लगातर गिरावट : १२ उपसूचक राताम्मै, कारोबार कति ?
ncell

काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजारमा दोहोरो अंकले गिरावट आएको छ। उक्त दिन बजार २२.५८ अंकले घटेर २५०५.५८ को विन्दुमा कायम भएको हो ।

Royal Enfield
nic asia capital

बजारमा आएको लगातार गिरावटका कारण लगानीकर्ताको ठूलो रकम गुमेको छ । आज विभिन्न ३१८ कम्पनीको ७६ लाख ११ हजार ६६० कित्ता शेयर किनबेच हुँदा ३ अर्ब १० करोड १८ लाख ३० हजार रुपैयाँको कारोबार भएको छ ।

सेयर बजारमा गिरावट आउँदा १२ उपसूचक राताम्मै भएको छ । उक्त दिन समाज लघुवित्त र विन्ध्यवासिनी हाइड्रोपावरको सेयरमा नकरात्मक सर्किट लाएको छ । आज वाणिज्य बैंक समूहको ०.५४ प्रतिशत, विकास बैंक समूहको १.५७ प्रतिशत, फाइनान्स समूहको १.३१ प्रतिशतले शेयर मूल्य घटेको छ।

आज घटेको बजारमा समेत नेपाल रिइन्स्योरेन्स कम्पनीको सेयर सर्वाधिक कारोबार भएको छ। आज कम्पनीको २० करोड ५४ लाख ४ हजार रुपैया बराबरको कारोबार भएको छ।

कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको हिमालयन रिइन्स्योरेन्स कम्पनीको १३ करोड ४९ लाख ९१ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।

त्यस्तै उक्त दिन यूनियन हाइड्रोपावरको १२ करोड ९८ लाख ६१ हजार रुपैंया, बुटवल पावर कम्पनीको ९ करोड १५ लाख ४४ हजार रुपैयाँ कारोबार भएको हो ।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?