National life

सेयर बजारमा लगातार ओरालो : बजार राताम्मै, कारोबार कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१० महिना अगाडि|२३ कात्तिक २०८२, आइतबार
1.1kShares
सेयर बजारमा लगातार ओरालो : बजार राताम्मै, कारोबार कति ?
ncell

काठमाडौँ । साताको पहिलो कारोबार दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचक दोहोरो अंकले घट्दै बजार ओरालो लागेको छ। आइतबार बजार ३०.०२ अंकले घटेर २५६६.०९ विन्दुमा कायम भएको हो।

Royal Enfield
nic asia capital

आज विभिन्न ३२३ कम्पनीका १ करोड ६ लाख १९ हजार १८० कित्ता सेयर किनबेच हुँदा कुल ४ अर्ब ९० करोड ७६ लाख २४ हजार रुपैयाँ बराबरको कारोबार भएको छ। बजारमा गिरावटसँगै सबै उपसूचक राताम्मै देखिएका छन्।

बजारमा केही नाफा देखिएपछि लगानीकर्ताले बुक गर्ने (profit booking) प्रवृत्ति अपनाउँदा बिक्री दबाब बढेको विश्लेषकहरूको भनाइ छ। उनीहरूका अनुसार पछिल्ला दिनमा बजारमा निरन्तर ओरालो लाग्नुका कारण लगानीकर्ताको मनोबल कमजोर बनेको छ, जसले बजार सुधारमा अवरोध सिर्जना गरेको छ।

क्षेत्रगत सूचकहरू हेर्दा, आज वाणिज्य बैंक समूह १.२९ प्रतिशत, विकास बैंक समूह १.८१ प्रतिशत, फाइनान्स समूह २.९१ प्रतिशत र होटल तथा पर्यटन समूह ०.६९ प्रतिशत ले घटेका छन्। अन्य सबै समूहहरू पनि ओरालो लागेका छन्।

बजारमा स्थायित्व ल्याउन नीतिगत स्पष्टता, लगानीकर्ताको विश्वास पुनर्स्थापना र तरलता प्रवाह सुधार आवश्यक रहेको छ जानकारहरुको धारणा छ ।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?