National life

सेयर बजारमा सामान्य गिरावट,कारोवार रकममा वृद्धि

max lubricant tata
Aarthik voice
Aarthik voice
११ महिना अगाडि|१२ कात्तिक २०८२, बुधबार
1KShares
सेयर बजारमा सामान्य गिरावट,कारोवार रकममा वृद्धि
ncell

काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजारमा सामान्य गिरावट आएको छ । आज ९बुधबार० नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ५.१७ अंकले घटेर २५६६।१६ मा पुगेको हो ।

Royal Enfield
nic asia capital

बुधबार ३२१ कम्पनीको १ करोड १५ लाख १ हजार २ सय ८४ कित्ता सेयर ५० हजार ४ सय ८७ पटक खरिदबिक्री हुँदा ५ अर्ब ४५ करोड ९७ लाख ६७ हजार ६ सय ८१।९० रुपैयाँको कारोबार भएको छ । हिजो ४ अर्ब ५७ करोड ३९ लाख ४३ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ४ वटा बाहेक अन्य सबैमा रातो देखियो । आज होटल समूह सर्वाधिक अर्थात २.१५ प्रतिशतले बढ्यो । यस्तै हाईड्रो समूह ०.०१ प्रतिशत, लघुवित्त ०.१३ र व्यापार समूह २ प्रतिशतले बढ्यो ।

अन्य समूह आज सर्वाधिक अर्थात १.२० प्रतिशतले घट्यो । बैंकिङ समूह पनि आज ०.३४ प्रतिशत, विकास बैंक ०.९१, फाइनान्स ०.७७, लगानी ०.१७, जीवन बीमा ०.६४, उत्पादन तथा प्रशोधन ०.२८, म्युचुअल फण्ड ०.०८ र निर्जीवन बीमा समूह ०.१९ प्रतिशतले घट्यो ।

आज खानीखोला हाईड्रोपावर, उपकार लघुवित्त र मानुषी लघुवित्तको सेयरमूल्यमा अपर सर्किट लाग्यो ।यस्तै हिमालयन पावर पार्टनरको सेयरमूल्य ८.७४ प्रतिशत, आशा लघुवित्तको ७.६८, न्यादी हाईड्रोपावरको ६.३१ र माईखोला हाईड्रोपावरको सेयरमूल्य ५.६० प्रतिशतले बढ्यो ।

त्यस्तै आज पन्चकन्या माई हाईड्रोको सेयरमूल्य ३.६९ प्रतिशतले घट्यो । सिनर्जी पावर डेभलपमेन्टको सेयरमूल्य पनि आज ३.२१ प्रतिशत र सुपर माई हाईड्रोको सेयरमूल्य ३.१४ प्रतिशतले घट्यो ।

यो समाचार शेयर गर्नुहोस्
1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?