National life

सेयर बजारमा सामान्य सुधार, आँखुखोला जलविद्युतको सबैभन्दा बढी कारोबार

max lubricant tata
Aarthik voice
Aarthik voice
७ महिना अगाडि|१९ माघ २०८२, सोमबार
878Shares
सेयर बजारमा सामान्य सुधार, आँखुखोला जलविद्युतको सबैभन्दा बढी कारोबार
ncell

काठमाडौं । सोमबार सेयर बजारमा सामान्य सुधार आएको छ। नेप्से परिसूचक १.५३ अंकले बढेर २६९५.७३ अंकमा पुगेको छ।

Royal Enfield
nic asia capital

आज बजारमा १ करोड ७५ लाख ७ हजार कित्ता सेयर ८ अर्ब २२ करोड ३९ लाख रुपैयाँमा किनबेच भएको छ। बजारमा ११४ कम्पनीका सेयर मूल्य बढ्दा, १३४ कम्पनीका मूल्य घटेका छन् भने १३ कम्पनीको मूल्य स्थिर रहेको छ।

आज एसवाई प्यानल, श्रीनगर एग्रोटेक र हिमस्टार उर्जाको सेयरमा १० प्रतिशतले सकारात्मक सर्किट लागेको छ। सबैभन्दा बढी सेयर कारोबार आँखुखोला जलविद्युत कम्पनीको भएको छ, जहाँ ४१ करोड ४९ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ।

त्यस्तै, एसवाई प्यानलमा ३८ करोड ५० लाख, बन्दीपुर केबलकारमा २८ करोड ५१ लाख, राद्यि विद्युतमा २८ करोड २८ लाख र पिपल्स पावरमा २४ करोड ९६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

यो समाचार शेयर गर्नुहोस्
878SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?