काठमाडौँ। साताको चौथो कारोबारका दिन आज सेयर बजार ओरालो लागेको छ। नेपाल स्टक एक्सेचञ्ज (नेप्से) ०.२१ अकंले घटेर १९६०.६० बिन्दुमा बन्द भएको छ ।
बुधबार कारोबारमा आएका ३०५ कम्पनीको ५८ लाख ७४ हजार ९६७ कित्ता शेयर किनबेच हुँदा २ अर्ब५४ करोड ७० लाख ३० हजार रुपैयाँको कारोबार भएको छ।
त्यस्तै चार उपसूचकमा हरियाली देखिएको छ । आज फाइनान्स समूहको ३.११ प्रतिशत, माइक्रोफाइनान्स समूहको २.७६ प्रतिशत, ब्यापार समूहको ०.१५ प्रतिशत र हाइड्रोपावर समूहको ०.०२ प्रतिशतले शेयर मूल्य बढेको हो । अन्य ९ उपसूचक भने राताम्य भएका हुन् ।
त्यस्तै, इन्फिनीटि लघुवित्तको शेयरमा सकारात्मक सर्किट लागेको छ । साथे, दोल्ती पावरको ९.७४ प्रतिशत, समता घरेलु लघुवित्तको ९.६७ प्रतिशत, ग्रामिण विकास लघुवित्तको ८.२१ प्रतिशतले शेयर मूल्य बढेको छ ।



































