काठमाडौं। सोमबार नेप्से परिसूचक ३.०७ अंकले ओरालो लागेर २,७६९.०९ अंकमा पुगेको छ। आज बजारमा ३ करोड ६२ लाख ६४ हजार कित्ता सेयर १६ अर्ब ३५ करोड ५७ लाख रुपैयाँमा कारोबार भएका छन्।
बजारको चाल अनुसार ८८ कम्पनीको सेयर मूल्य बढेको छ भने १६५ कम्पनीको मूल्य घटेको छ। यसैगरी ७ कम्पनीको मूल्य स्थिर रहेको छ।
आज सबैभन्दा बढी कारोबार हिमालयन पावर पार्टनरको सेयरमा देखिएको छ। यस कम्पनीको कारोबार रकम ६५ करोड ९३ लाख रुपैयाँ पुगेको छ।
त्यसैगरी, आँखा खोला जलविद्युतको ५६ करोड १६ लाख, मन्जुश्री फाइनान्सको ५२ करोड ३२ लाख, एसवाई प्यानलको ५० करोड १७ लाख, र बन्दीपुर केबलकारको ४० करोड ५५ लाख रुपैयाँको कारोबार भएको छ।
































