काठमाडौं । साताको दोस्रो दिन कारोबार साताको भने पहिलो कारोबार दिन सेयर बजारमा गिरावट आएको छ ।
आइतबार बजार १७.०१ अंकले घटेर २०३१ को विन्दुमा कायम हुन पुगेको छ । उक्त दिन बोटलर्स नेपाल बालाजु र सर्वोत्तम सिमेन्टको सेयरमा सकरात्मक सर्किट लाएको छ ।
यो सँगै शेयर बजार लगातार चौथो दिन समेत ओरालो लागेको हो । बजार निरन्तर ओरालो लाग्दा अधिकांश कम्पनीको शेयर मूल्य सस्तिदैं गएको छ । सोमबार ३०४ कम्पनीको ७० लाख ६१ हजार १२ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ४८ करोड ९१ लाख १८ हजार रुपैयाँको कारोबार भएको छ ।
आज गोर्खास फाइनान्समा लगानीकर्ता झुम्मिएका छन् । कम्पनीको आज २८ करोड ९० लाख २५ हजार रुपैयाँको कारोबार भएको छ । साथै, शिवम सिमेन्टको १३ करोड ७८ लाख रुपैयाँ कारोबार भएको छ ।





































