National life

सोलु हाइड्रोपावरको आईपीओ बाँडफाँड सम्पन्न, ८ लाख २० हजारले पाए सेयर

max lubricant tata
Aarthik voice
Aarthik voice
८ महिना अगाडि|१२ माघ २०८२, सोमबार
1KShares
सोलु हाइड्रोपावरको आईपीओ बाँडफाँड सम्पन्न, ८ लाख २० हजारले पाए सेयर
ncell

काठमाडौँ। सोलु हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि जारी गरेको आईपीओको बाँडफाँड आज सम्पन्न भएको छ। कम्पनीले पुस २९ गतेदेखि माघ ४ गतेसम्म आवेदन खुला गरेको उक्त आईपीओ नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड मार्फत बाँडफाँड गरिएको हो।

आईपीओको नतिजा ‘मेरो सेयर’ तथा सीडीएस एण्ड क्लियरिङ लिमिटेडको आधिकारिक वेबसाइटमार्फत हेर्न सकिने व्यवस्था गरिएको छ।

आईपीओमा अत्यधिक आवेदन परेकाले बाँडफाँड प्रक्रिया गोलाप्रथाबाट गरिएको कम्पनीले जनाएको छ।

Royal Enfield
nic asia capital
सोलु हाइड्रोपावरले सर्वसाधारणका लागि कुल ८२ लाख कित्ता सेयर निष्कासन गरेको थियो। यसमा २५ लाख ३६ हजारभन्दा बढी आवेदन परेको थियो, जसमध्ये २४ लाख ७१ हजार ७ आवेदन वैध ठहरिएका छन्।

सदर भएका आवेदकमध्ये ८ लाख २० हजार लगानीकर्ताले १० कित्ताका दरले सेयर प्राप्त गरेको नबिल इन्भेष्टमेन्ट बैंकिङले जानकारी दिएको छ।

यो समाचार शेयर गर्नुहोस्
1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?