National life
cg eloctronics

सौर्य एयरलाइन्स जहाज दुर्घटनामा एकै परिवारको तीन जनाको निधन

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०९ साउन २०८१, बुधबार
426Shares
सौर्य एयरलाइन्स जहाज दुर्घटनामा एकै परिवारको तीन जनाको निधन
ncell

काठमाडौं । सौर्य एयरलाइन्स जहाज दुर्घटनामा एकै परिवारको तीन जनाको निधन भएको छ । आज काठमाडौंबाट पोखराको लागि उडेको सौय एयरलाईन्सको जहाज धावनमार्ग छाडेर करिब पाँच सय मिटर उडेसँगै दुर्घटनामा परेको थियो ।

दुर्घटनामा परेका १९ जनामध्ये २ जना चालक दलको सदस्य रहेको र बाँकी १७ जना सोही एयरलाइन्समा कार्यरत प्राविधिक तथा इन्जिनियरहरु रहेको बताइएको छ ।

विमानमा सवार १९ जनामध्ये पाइलट मनिषरत्न साक्यको जिवितै उद्दार गरि काठमाडौंस्थिति काठमाडौं मेडिकल कलेज सिनामंगलमा उपचार भइरहेको छ । निधन हुनेहरुमा कोपाइलट एस कटुवालसहित अमितमान महर्जन, सागर आचार्य, दिलिप वर्मा, मनुराज शर्मा, आश्विन निरौला, सुदीपलाल जोशी, शर्वेस मरासैनी, श्याम विन्दुकार, नवराज आले, राजाराम आचार्य, अधिराज शर्मा, उद्धव पुरी, यज्ञप्रसाद पौडेल, सन्तोष महतो, पुन्यरत्न शाही, प्रिजा खतिवडा र आरिफ रेडा रहेका छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

दुर्घटनामा निधन भएका मनुराज र प्रिजा श्रीमानरश्रीमती हुन् भने अधिराज उनीहरुको छोरा हुन् ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
426SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?