काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशभरका नर्सिङ्ग र अन्य स्वास्थ्यकर्मीको न्यूनतम पारिश्रमिक र सेवा सुविधा नेपाल सरकार सरह नघट्ने गरी लागू गर्न निर्देशन दिएको छ।
मन्त्रालयको गुणस्तर माप्ने सबै नियमन महाशाखाले सबै मेडिकल कलेज र अस्पताललाई सो निर्देशन पठाएको हो। महाशाखाले मङ्सिर २७, २०६१ मा भएको निर्णयअनुसार स्वास्थ्यकर्मीको सुविधा सम्बन्धी कार्यान्वयन नभए तुरुन्त कार्यान्वयन गराउन र कार्यान्वयनको अवस्था मन्त्रालयमा प्रतिवेदन पेश गर्न समेत निर्देशन दिएको छ।
निर्देशन
न्यूनतम पारिश्रमिक र सेवा सुविधा नेपाल सरकार सरह कायम गर्नुपर्ने
तोकिएको समयभन्दा बढी कार्यको लागि अतिरिक्त भत्ता उपलब्ध गराउनुपर्ने
स्वास्थ्य तथा शैक्षिक संस्थाले करार/नियुक्ति सम्झौता गर्नु पर्ने
ज्यालादारी प्रणालीमा कार्य गर्न नपाइने
सक्कल शैक्षिक प्रमाणपत्र कार्यालयले राख्न नपाइने
अनुभवको पत्र उपलब्ध गराउनुपर्ने
पारिश्रमिक केवल बैंकिङ प्रणालीमार्फत उपलब्ध गराउने






































