National life

हिमालयन डिष्टिलरीले घोषणा गर्‍यो २५ प्रतिशत लाभांश, साधारण सभा कहिले ?

max lubricant tata
Aarthik voice
Aarthik voice
११ महिना अगाडि|३१ असोज २०८२, शुक्रबार
1.1kShares
हिमालयन डिष्टिलरीले घोषणा गर्‍यो २५ प्रतिशत लाभांश, साधारण सभा कहिले ?
ncell

काठमाण्डौ । हिमालयन डिष्टिलरी लिमिटेडले आफ्ना सेयरधनीहरूलाई आकर्षक लाभांश घोषणा गरेको छ। असोज ३० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० का लागि सेयरधनीहरूलाई लाभांश वितरण गर्ने निर्णय गरेको हो।

बैठकले कम्पनीको मुनाफा तथा सञ्चित मुनाफाबाट २० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश (करसहित) गरी कुल २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। घोषित लाभांश अनुमोदनका लागि कम्पनीले साधारण सभा बोलाउने निर्णय पनि गरेको छ।

Royal Enfield
nic asia capital

कात्तिक ३० गते बिहान १० बजे कम्पनीको रजिस्टर्ड कार्यालय वीरगञ्जमा साधारण सभा आयोजना हुने जनाएको छ।साधारण सभा प्रयोजनका लागि कम्पनीले कात्तिक २० गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। यस अनुसार कात्तिक १९ गतेसम्म नेप्सेमा कारोबार भई नाम दर्ता भएका सेयरधनीहरू मात्र सभामा सहभागी हुन र लाभांश प्राप्त गर्न योग्य हुनेछन्।

कम्पनीको यो लाभांश प्रस्ताव पारित भएसँगै हिमालयन डिष्टिलरी हालको बजार मूल्यका हिसाबले सेयरधनीका लागि आकर्षक प्रतिफल दिने कम्पनीहरूमध्ये एक बन्ने अपेक्षा गरिएको छ।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?