National life

होटल फरेष्ट इनको आईपीओ सर्वसाधारणका लागि आजबाट खुला

max lubricant tata
Aarthik voice
Aarthik voice
७ महिना अगाडि|२२ माघ २०८२, बिहिबार
885Shares
होटल फरेष्ट इनको आईपीओ सर्वसाधारणका लागि आजबाट खुला
ncell

काठमाडौँ । होटल फरेष्ट इन लिमिटेडले आजबाट सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्कासन गरेको छ । कम्पनीले आम लगानीकर्तालाई लक्षित गर्दै कुल ३३ लाख २० हजार कित्ता साधारण सेयर सार्वजनिक गरेको हो ।

उक्त सेयरमध्ये २ लाख कित्ता सामूहिक लगानी कोषका लागि र ८० हजार कित्ता कम्पनीका कर्मचारीका लागि सुरक्षित गरिएको छ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम २ लाख कित्तासम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको छ ।

Royal Enfield
nic asia capital

आईपीओमा आवेदन दिन नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवा दिने बैंक तथा वित्तीय संस्था तथा तिनका तोकिएका शाखामार्फत आवेदन दिन सकिनेछ । साथै, ‘मेरो सेयर’ प्रणालीमार्फत पनि अनलाइन आवेदन दिन सकिनेछ ।

यो सेयर निष्कासन छिटोमा माघ २६ गते र सबै सेयर बिक्री नभएमा ढिलोमा फागुन ८ गतेसम्म खुला रहनेछ । कम्पनीको सेयर निष्कासन तथा बिक्री व्यवस्थापनको जिम्मेवारी एनआईसी एशिया क्यापिटल लिमिटेडले लिएको छ ।

यसअघि कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ४० लाख कित्ता साधारण सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट पुस २० गते अनुमति पाएको थियो, जसको कुल मूल्य ४० करोड रुपैयाँ बराबर रहेको छ । सोही स्वीकृतिअन्तर्गत पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि पुस २४ गतेदेखि माघ ८ गतेसम्म आईपीओ जारी गरिएको थियो ।

पहिलो चरणको सेयर वितरण सम्पन्न भएपछि कम्पनीले दोस्रो चरणमा आम सर्वसाधारणका लागि आईपीओ निष्कासन गरिएको हो ।

यो समाचार शेयर गर्नुहोस्
885SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?