काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की सहित १० जना मन्त्रीहरूले आफ्नो सम्पत्ति विवरण प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुझाएका छन्।
प्रधानमन्त्री कार्यालयका अनुसार प्रधानमन्त्री कार्कीसँगै परराष्ट्र, रक्षा, खानेपानी, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, वन तथा वातावरण, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका जिम्मेवार मन्त्रीहरूले पनि आफ्नो सम्पत्ति विवरण जम्मा गरेका छन्।
त्यसैगरी अर्थ तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री रामेश्वरप्रसाद खनाल, ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात, तथा सहरी विकास मन्त्री कुलमान घिसिङले पनि सम्पत्ति विवरण पेश गरेका छन्।
गृहमन्त्री ओमप्रकाश अर्याल, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री अनिलकुमार सिन्हा, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री अनिलकुमार सिन्हा, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री डा.
प्रधानमन्त्री कार्यालयले सम्पत्ति विवरण बुझाउने प्रक्रिया पारदर्शी, विश्वसनीय र निर्धारित समयमा नै सम्पन्न हुनुपर्नेमा जोड दिएको छ।
































