National life
cg eloctronics

१० लाख भन्दा मुनिका योजना कार्यान्वयन नगर्न प्रदेश सरकारको पत्राचार

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२३ असोज २०८२, बिहिबार
741Shares
१० लाख भन्दा मुनिका योजना कार्यान्वयन नगर्न प्रदेश सरकारको पत्राचार
ncell

काठमाडौं । बागमती प्रदेश सरकारले चालू आर्थिक वर्ष २०८२/८३ का लागि बिनियोजित १० लाख भन्दा मुनिका योजना कार्यान्वयन नगर्न पत्राचार गरेको छ ।

आर्थिक मामिला तथा योजना मन्त्रालयले बुधवार सार्वजनिक निर्माण सम्बन्धी आयोजनाको कार्यान्वयन सम्बन्धमा प्रदेशका सबै मन्त्रालय र मातहतका निकायलाई १० लाख मुनिका योजना कार्यान्वयन नगर्न पत्राचार गरेको हो ।

मन्त्रालयले चालू आवको स्वीकृत वार्षिक कार्यक्रममा दश लाख रुपैयाँभन्दा बढी रकम विनियोजन भएका विकास आयोजनाहरूको हकमा प्रदेश विनियोजन ऐन, २०८२ लगायत अन्य प्रचलित कानूनको अधिनमा रही प्रतिस्पर्धात्मक खरिद प्रक्रियाका माध्यमबाट मात्र कार्यान्वयन गर्नरगराउन निर्देशन दिएको छ । मन्त्रालयले गुणस्तर र पारदर्शिता सुनिश्चित हुने गरी खरिद प्रक्रियाका माध्यमबाट मात्र कार्यान्वयन गर्न भनेको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

‘साथै सोभन्दा मुनिका कार्यक्रमहरू यस मन्त्रालयबाट थप निर्देशन नहुँदासम्म कार्यान्वयन नगर्नरनगराउनु हुन अनुरोध छ ।’ पत्रमा भनिएको छ । मन्त्रालयले पत्राचार गर्दा नेपाल सरकार, मन्त्रिपरिषद्को गत ५ असोजमा भएको निर्णय अर्थ मन्त्रालयको प्रेस विज्ञप्तिलाई पनि उल्लेख गरेको छ । त्यसअघि नै बागमती सरकारको १९ भदौमा भएको मन्त्रिपरिषद् बैठकले १० लाख वा १० लाख भन्दा बढीका योजना खरिद प्रक्रियाबाट मात्रै कार्यान्वयन गर्ने निर्णय गरेको थियो ।

बागमती सरकारले आर्थिक वर्ष २०८२र८३ का लागि ६७ अर्ब ४७ करोड ७३ लाख २७ हजार रुपैयाँको बजेट विनियोजन गरेको थियो । प्रदेश सरकारसँग २४ हजार वटा योजना छन् ।

यो समाचार शेयर गर्नुहोस्
741SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?