National life

११ बजे शपथ लिँदै प्रधानमन्त्री ओली , पर्ख र हेरको अवस्थामा साना दल

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|३१ असार २०८१, सोमबार
468Shares
११ बजे शपथ लिँदै प्रधानमन्त्री ओली , पर्ख र हेरको अवस्थामा साना दल
ncell

काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहान ११ बजे शपथ लिने कार्यक्रम तय भएको राष्ट्रपति कार्यालयले जनाएको छ।

नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष ओली आइतबार देशको प्रधानमन्त्रीमा नियुक्त भएका हुन् । राष्ट्रपति रामचन्द्र पौडेलले अध्यक्ष ओलीलाई नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम आज प्रधानमन्त्री पदमा नियुक्त गरेका हुन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुक्रवार प्रतिनिधि सभाको बैठकमा विश्वासको मत नपाएपछि राष्ट्रपति पौडेलले प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधि सभा सदस्यलाई प्रधानमन्त्री पदमा नियुक्ति गर्ने प्रयोजनका लागि आज अपराह्न ५ बजेभित्र दाबी पेस गर्न आह्वान गरेका थिए ।

Royal Enfield
nic asia capital

यता संसद्का अधिकांश साना दलले नयाँ सरकारलाई समर्थन गर्ने निर्णय सार्वजनिक गरेका छन् । ती दलले शुक्रवार प्रधानमन्त्री दाहालको विश्वासको मतको विपक्षमा मतदान गरेर नयाँ सरकारलाई समर्थन गरिसकेका छन् ।

जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), जनता समाजवादी पार्टी ९जसपा० नेपाल, जनता समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टी नयाँ सरकारमा सहभागितालगायतका विषयमा प्रमुख गठबन्धन दलको औपचारिक धारणाको पर्खाइमा छन् । ती दलले आफूले पाउने मन्त्रालयको भागबन्डापछि मात्रै कसलाई मन्त्रीमा पठाउने भनेर निर्णय गर्ने प्रतिक्रिया दिएका छन् ।

जनमत पार्टीका प्रवक्ता डा शरदसिंह यादवले नयाँ सरकारलाई पार्टीले समर्थन गरिसकेकाले सरकारमा सहभागिताबारे पर्ख र हेरको नीतिमा रहेको बताए । ‘हाम्रो पार्टीको प्राथमिकता मधेस प्रदेश सरकार हो, सङ्घीय सरकारलाई समर्थन गरेकाले पार्टीले पाउने मन्त्रालयको जिम्मेवारीपछि मात्रै आवश्यक छलफल हुन्छ र मन्त्री कसलाई बनाउने भन्ने निर्णय हुन्छ,’ उनले भने ।

लोसपाका प्रमुख सचेतक रामप्रकाश चौधरीले नयाँ सरकारमा सहभागिताबारे सत्ता साझेदार दलसँगको छलफलपछि पार्टीले आवश्यक निर्णय लिने बताए । गठबन्धन दलसँग छलफल गरेर मन्त्रालयको टुङ्गो लागिसकेपछि कसलाई मन्त्री बनाउने भन्ने निर्णय हुन्छ ।’ लोसपाका नेता राज किशोर यादवले नयाँ सरकारमा सहभागी हुनेबारे पार्टीमा छलफल भई नसकेको बताए।

जनता समाजवादी पार्टीका महासचिव मोहम्मद इतियाक राईले सरकारमा सहभागिताबारे अहिले पार्टीभित्र छलफल नभएको बताए । नागरिक उन्मुक्ति पार्टी पनि सत्ता सहकार्यबारे सकारात्मक रहेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले भने सरकारमा सहभागिताबारे कांग्रेस र एमालेसँगको छलफलपछि मात्रै आगामी रणनीति तय गर्ने पार्टी प्रवक्ता मोहन श्रेष्ठले बताए ।

यो समाचार शेयर गर्नुहोस्
468SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?