National life

१८ सदस्यीय मन्त्रिपरिषद् टुङ्गो लाग्यो,अपराह्न ५ः४५ बजे शपथ हुँदै

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२३ फागुन २०८०, बुधबार
492Shares
१८ सदस्यीय मन्त्रिपरिषद् टुङ्गो लाग्यो,अपराह्न ५ः४५ बजे शपथ हुँदै
ncell

काठमाडौँ। सत्ता समीकरण पश्चात् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वमा १८ सदस्यीय मन्त्रिपरिषद् बनेको छ ।

सोमबार विना विभागीय मन्त्रीको शपथ लिएका तीन जना सहित चार सदस्यीय मन्त्रिपरिषद् बनेकोमा बुधवार प्रचण्डले १४ जना मन्त्री थप गरेका छन् ।

उक्त मन्त्रिपरिषद्को कार्य विभाजन सहित प्रधानमन्त्रीले राष्ट्रपति कार्यालयमा सूची पठाएका छन् । १४ जना मन्त्रीको आजै अपराह्न ५ः४५ बजे शपथ हुने समय तय भएको प्रधानमन्त्री स्रोतको जानकारी छ ।

Royal Enfield
nic asia capital

सत्ता साझेदार दलमा भएको सहमति अनुसार एमालेबाट रघुवीर महासेठ उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्री बन्ने भएको छन् । यस्तै पदम गिरी कानुन न्याय तथा संसदीय मामिला मन्त्री बन्दा दामोदर भण्डारी उद्योग, ज्वालाकुमारी साह कृषि, बलराम अधिकारी भूमि व्यवस्था तथा सहकारी, हरि उप्रेती रक्षा, भगवती चौधरी महिला बालबालिका तथा ज्येष्ठ र राजेन्द्र राई खानेपानी बन्ने गरी कार्य विभाजन भएको छ । जसमा गिरीले यसअघि नै शपथ लिइसकेका छन् ।

त्यसै गरी माओवादीबाट नारायणकाजी श्रेष्ठ उपप्रधान एवम् परराष्ट्र,वर्षमान पुन अर्थ, शक्ति बस्नेत ऊर्जा तथा जनस्रोत, रेखा शर्मा सञ्चार तथा सूचना प्रविधि मन्त्री र हितबहादुर तामाङ संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री बन्ने भएका छन् ।

रास्वपाबाट रवि लामिछाने उपप्रधान तथा गृह, डोलप्रसाद अर्याल श्रम तथा रोजगार, विराजभक्त श्रेष्ठ युवा तथा खेलकुद र सुमना श्रेष्ठ शिक्षामन्त्री बन्ने गरी कार्य विभाजन भएको हुन ।

वर्तमान सत्ता गठबन्धनमा एमाले, माओवादी, रास्वपा र जसपाले हस्ताक्षर गरेका छन्। तर, जसपाले भने मन्त्री कसलाई पठाउने भनेर यकिन गरिसकेको छैन। यस्तै एकीकृत समाजवादीलाई पनि गठबन्धनमा ल्याउन प्रधानमन्त्री प्रयासरत देखिएका छन् ।

यो समाचार शेयर गर्नुहोस्
492SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?