काठमाडौं । आज सेयर बजारको परिसूचक नेप्से २१०० अंकमा बन्द भएको छ । दुई पटक पोजेटिभ सर्किट ब्रेक लागेर केही बेर कारोबार स्थगित भएपनि दोस्रो ब्रेकपछि बजार सम्हालिन पुगेको देखिन्छ।
अघिल्लो दिन २०५३ अंकमा बन्द भएको सेयर बजार ४७ अंक बढेर २१०० मा पुगेको हो भने सत्ता समीकरण परिवर्तन हुने भएसँगै कारोबार सुरु भएको २ मिनेट नपुग्दै नेप्से ४ प्रतिशत बढेको थियो । दोस्रो पटक खुलेपछि बजार ५ प्रतिशत बढेको थियो । दोस्रो सर्किट ब्रेक लाग्दा नेप्से २१६२ अंकमा पुगेको हो ।
मंगलबार बैंकिङ ३.०३, उत्पादन ३.३ तथा व्यापार समूह ३.१२ प्रतिशत बढे । विकास बैंक २.०१, फाइनान्स २.११, होटल तथा पर्यटन १.०९, हाइड्रोपावर १.८, लगानी २.३, जीवन बीमा २.१७, माइक्रोफाइनान्स १.४५, निर्जीवन बीमा २.४३ र अन्य समूह सूचक १.७३ प्रतिशतले बढेको देखिन्छ ।
हिमालयन डिस्टिलरीको मूल्य सबैभन्दा धेरै ८.५ प्रतिशत बढेको छ भने समाज लघुवित्तको ६.९, गुडविल फाइनान्सको ५.७, नेसनल हाइड्रोपावरको ५.५ प्रतिशत मूल्य बढेको अवस्था छ।
त्यस्तै, उपकार लघुवित्तको ६.४, हिमालय ऊर्जा विकास कम्पनीको ६.२, विन्ध्यबासिनी हाइड्रोपावरको २.१ प्रतिशत मूल्य घटेको नेप्सेमा देखिन्छ




































