काठमाडौं । सरकारले ३०० शैय्या वा सो भन्दा बढी क्षमता भएका संघीय अस्पतालमा एमबीबीएस र १०० शैय्या वा सोभन्दा बढी क्षमताका सरकारी अस्पतालमा नर्सिङ सम्बन्धी शैक्षिक कार्यक्रम सञ्चालन गर्ने भएको छ।
संघीय संसदमा आगामी आर्थिक वर्ष २०८१- ०८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले उक्त घोषणा गरेका हुन् । भने यता घरेलु मदिरा उत्पादन, ब्रान्डिङ र बजारिकरण तथा बिक्री गर्न कानुनी व्यवस्था मिलाउने भएको छ ।


































