National life
cg eloctronics

५औँ क्याम्पियन कप–२०२५ बुधबारदेखि सुरु,४० विद्यालय सहभागी हुने

max lubricant tata
Aarthik voice
Aarthik voice
१० महिना अगाडि|०९ मंसिर २०८२, मङ्गलबार
591Shares
५औँ क्याम्पियन कप–२०२५ बुधबारदेखि सुरु,४० विद्यालय सहभागी हुने
ncell

काठमाडौं । क्याम्पियन स्कुलले विद्यार्थीको समग्र विकास, स्वस्थ प्रतिस्पर्धा र विद्यालय–विच सहकार्य सुदृढ गर्ने उद्देश्यसहित आयोजना गर्न लागेको ५औँ क्याम्पियन कप–२०२५ आगामी नोभेम्बर २६ देखि सुरु हुदै छ । काठमाडौँ उपत्यकाभित्रका करिब ४० विद्यालय सहभागी हुने अनुमान गरिएको यो अन्तर–विद्यालय प्रतियोगिता क्याम्पियन स्कुलको वर्षैभरिको प्रमुख सहपाठ्य गतिविधिमध्ये एक हो ।

तीन दिनसम्म चल्ने यस प्रतिस्पर्धामा कक्षा १ देखि १० सम्मका विद्यार्थीहरूलाई एउटै मञ्चमा ल्याइनेछ । यस प्रतियोगिताले खेलकुद, सिर्जनात्मक अभिव्यक्ति, भाषिक क्षमता र प्रविधिजन्य प्रस्तुति लगायतका विभिन्न क्षेत्रमार्फत विद्यार्थीको बहुआयामिक विकासमा योगदान पुर्‍याउने विद्यालयले जनाएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

क्याम्पियन कपका पाँच प्रमुख विधाहरूमा फुटसल, ३x३ बास्केटबल, कला (आर्ट), निबन्ध लेखन र पावरपोइन्ट प्रस्तुति (PPT) समावेश छन् । यी प्रतियोगिताहरूले विद्यार्थीलाई टीमवर्क, विश्लेषण, सिर्जनात्मकता र आत्मविश्वास प्रवर्द्धन गर्ने अवसर प्रदान गर्ने विद्यालयको भनाइ छ।

क्याम्पियन एकेडेमीका एकेडमिक डिरेक्टर भूषण गुरुङले यस प्रतियोगितालाई व्यवहारिक सिकाइको प्रभावकारी माध्यमका रूपमा चित्रित गर्दै भने, “विद्यार्थीले कक्षाभित्र सिकेका सीपलाई वास्तविक प्रतिस्पर्धात्मक परिवेशमा प्रस्तुत गर्न पाउनु नै यसको मूल उद्देश्य हो। यसले नेतृत्व, आत्मअनुशासन, सहकार्य र संवादजस्ता जीवन–कौशल विकासमा सहयोग गर्छ।”

गुरुङका अनुसार यस्ता गतिविधिले विद्यालयहरूबीचको सम्बन्ध मजबुत हुने र विद्यार्थीमैत्री, सकारात्मक प्रतिस्पर्धाको संस्कार निर्माण हुने अपेक्षा छ।

विद्यालयले क्याम्पियन कपलाई प्रतिभा, सिर्जनात्मकता, खेलकुद भावना र स्वस्थ प्रतिस्पर्धाको उत्सवका रूपमा प्रस्तुत गर्दै सहभागी विद्यालयहरूलाई स्वागत गरेको छ ।

यो समाचार शेयर गर्नुहोस्
591SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?