National life
cg eloctronics

त्रिशूली नदीमा बेपत्ता बसका यात्रुको खोजी गर्न डेढ सय बढी सशस्त्र प्रहरी परिचालन

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|३० असार २०८१, आइतबार
456Shares
त्रिशूली नदीमा बेपत्ता बसका यात्रुको खोजी गर्न  डेढ सय बढी सशस्त्र प्रहरी परिचालन
ncell

काठमाडौँ । चितवनको सिमल तालमा गत शुक्रवार त्रिशूली नदीमा खसेर बेपत्ता भएका दुई बसका यात्रुको खोजी गर्न आज आइतबारका दिन समेत बिहानैदेखि सशस्त्र प्रहरी, नेपाल प्रहरी र केही स्थानीयको परिचालन गरिएका छन्।

१४९ जना सशस्त्र प्रहरीको सक्रियतामा आज तेस्रो दिन बेपत्ताको खोजी भइरहेको छ । खोज तथा उद्धार गर्न सशस्त्र प्रहरी बल नेपाल, विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिन टारबाट प्रहरी नायब उपरीक्षकको नेतृत्वमा ११ जना गोताखोरसहित ७९ जना परिचालन गरिएका छन्।

सशस्त्र प्रहरीले दुर्घटना स्थल सिमल तालमा प्रहरी निरीक्षकको नेतृत्वमा २५, चनौली इलाकामा नम्बर १७ गणका प्रहरी नायब उपरीक्षकको नेतृत्वमा ११, गोलाघाट इलाकामा सशस्त्र प्रहरी सहायक निरीक्षकको नेतृत्वमा ‘र्‍याफ्याटिङ बोट’ सहित १५, देवघाट इलाकामा सशस्त्र प्रहरी सहायक निरीक्षकको नेतृत्वमा १० र भरतपुरको पुल्चोकस्थित नारायणी नदी किनारमा सशस्त्र प्रहरी निरीक्षकको नेतृत्वमा ९ जना परिचालित भएका छन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाका अनुसार त्रिशूली नदीको तटीय क्षेत्रका विभिन्न इलाकामा पनि फौज परिचालन गरी बेपत्ता यात्रु खोज्ने काम भइरहेको छ । खोजी कार्यमा सशस्त्र प्रहरीका साथै नेपाली सेना र नेपाल प्रहरी पनि खटिइएका छन्।

गत शुक्रवार बिहान पहिरोले बगाएर त्रिशूली नदीमा दुई  बसका बेपत्ता यात्रुमध्ये पाँच जनाको शव फेला परेको छ। भेटिएका शवमध्ये तीनको पहिचान खुलेको छ। माडी नगपालिका–१ का २२ वर्षीय विकास परियार, सर्लाहीको बरहथवा नगरपालिका–३ का १९ वर्षीय रमितकुशर माझी र भारतको विहार प्रान्तको सीतामणिस्थित बर्गिनिया जमुहवाका २८ वर्षीय ऋषिपल साहको शव भेटिएको हो।

काठमाडौँबाट गौरतर्फ गइरहेको बागमती प्रदेश०३–००१ख २४९५ र वीरगञ्जबाट काठमाडौंतर्फ आइरहेको बागमती प्रदेश०३–००६ख १५१६ नम्बरको बस भरतपुर महानगरपालिका–२९ सिमल तालमा पहिरोसँगै त्रिशूली नदीमा बगेका थिए। त्रिशूली नदीमा पानीको मात्रा अत्यधिक भए पनि खोजी कार्य जारी रहेको सशस्त्र प्रहरीले जनाएको छ। उद्धारका लागि खटिएका सुरक्षाकर्मीले ड्रोन क्यामेरा, सोनारा क्यामेरालगायत उपकरणको प्रयोग गरी बेपत्ता यात्रुको खोजी जारी राखेको जानकारी दिएको छ ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
456SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?