National life
cg eloctronics

नेपाल टेलिकमको प्रबन्ध निर्देशकका लागि १६ जना सर्टलिस्टेड,हेर्नुस् को-को छन् ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०७ असार २०८१, शुक्रबार
478Shares
नेपाल टेलिकमको प्रबन्ध निर्देशकका लागि १६ जना सर्टलिस्टेड,हेर्नुस् को-को छन् ?
ncell

काठमाण्डौ । नेपाल टेलिकमको प्रबन्ध निर्देशक पदका लागि १६ जनाको नाम सर्टलिस्टमा परेको नेपाल टेलिकमले जनाएको छ । सञ्चार मन्त्रालयद्वारा गत जेठ २२ गते माग गरिएको दरखास्त आवेदनमा १७ जनाले आवेदन दिएकोमा एक जना बाहिरीएका हुन्।

टेलिकमका अनुसार प्रबन्ध निर्देशक पदका लागि निर्धारण गरिएको मापदण्ड पुरा गरेका तथा न्यूनतम योग्यता पूरा गरेका आवेदकहरुको दरखास्त स्वीकृत भएको हो ।

आवेदक विमल आचार्य, लक्ष्मण महर्जन, बुद्धिप्रसाद आचार्य, कमल लामिछाने, राजेश जोशी, अनन्त प्रकाश मल्लिक, संगीता पहाडी अर्याल, शालिकराम पराजुली, शालिकराम सुवेदी, केदारनाथ कोइराला, नगेन्द्र कुमार दास, लक्ष्मण महर्जन, प्रेमप्रसाद सिलवाल, अनिलकुमार झा, कृष्णप्रसाद भण्डारी, चिन्तामणि बराल र रमेशप्रसाद जोशी गरी १६ जनाको दरखास्त आवेदन स्वीकृत भएको छ । आवेदन दिएका सुभाष शाहको आवेदन भने स्वीकृत नभएको अवस्था छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

प्रबन्ध निर्देशक पदका लागि सञ्चार मन्त्रालयले गत जेठ २२ गते दरखास्त आवेदन माग गरेको थियो । सो पदका लागि ३५ वर्ष पूरा भएको र ५८ वर्ष उमेर ननाघेको, स्नातकोत्तर गरेको, टेलिकम क्षेत्र वा सरकारी स्वामित्वका सार्वजनिक संस्थामा काम गरेको १२ वर्षको अनुभव भएको जस्ता योग्यता निर्धारण गरिएको थियो ।

आगामी दिनमा सर्टलिस्टमा परेका १६ जनाममध्येबाट प्रस्तुतीकरण र अन्तरवार्ताका आधारमा अन्तिम छनौटका लागि ३ जना उम्मेदवारको नाम सिफारिस गरिनेछ । सरकारले ती ३ जनामध्येबाट १ जनालाई नेपाल टेलिकमको प्रबन्ध निर्देशक नियुक्त गर्ने प्रावधान रहेको छ ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
478SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?